विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

६० किलो सुन तस्करी प्रकरणमा जोडिएका कर्मचारीहरु माथि अख्तियारको अनुसन्धान सुरू

702
shares

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा जोडिएका कर्मचारीहरु माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान थालेको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुन तस्करी र त्यसमा जोडिएका कर्मचारीहरुको सम्पत्ति माथिको अनुसन्धान थालेको हो ।

‘सुन प्रकरणमा मुछिएका केही कर्मचारीहरुको भूमिका र कामकारवाही माथि अनुसन्धान सुरू भएको छ’ अख्तियार स्रोतले भन्यो, ‘उनीहरुमध्ये केहीको सम्पत्ति छानबिन समेत थालिएको छ ।’ अख्तियारले सुन तस्करीका समयमा कार्यक्षेत्र र जिम्मेवारीमा रहेका कर्मचारीहरुको भूमिका माथि अनुसन्धान थालेको छ । त्यसक्रममा विस्तृत विवरण मागेर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पत्राचार समेत गरेको छ ।

सुन प्रकरणमा जोडिएको भेटिएपछि अख्तियारले अर्थ मन्त्रालयका तत्कालिन महानिर्देशक झलकराम अधिकारीको कुराकानी, सम्पर्क भएको व्यक्तिहरु लगायतका विवरण मगाएको छ । त्यसैगरी उनको सम्पत्ति छानबिन समेत थालेको छ । अख्तियार स्रोतले भन्यो, ‘उहाँ लगायत सुन प्रकरण्मा भन्सार कार्यालयको जिम्मेवारीमा रहेका, यसअघि पनि उजुरी परेका केही कर्मचारी माथि अनुसन्धान अघि बढेको छ ।’

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports