kumari
stcnepal

६० किलो सुन तस्करी प्रकरणमा जोडिएका कर्मचारीहरु माथि अख्तियारको अनुसन्धान सुरू

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा जोडिएका कर्मचारीहरु माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान थालेको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुन तस्करी र त्यसमा जोडिएका कर्मचारीहरुको सम्पत्ति माथिको अनुसन्धान थालेको हो ।

‘सुन प्रकरणमा मुछिएका केही कर्मचारीहरुको भूमिका र कामकारवाही माथि अनुसन्धान सुरू भएको छ’ अख्तियार स्रोतले भन्यो, ‘उनीहरुमध्ये केहीको सम्पत्ति छानबिन समेत थालिएको छ ।’ अख्तियारले सुन तस्करीका समयमा कार्यक्षेत्र र जिम्मेवारीमा रहेका कर्मचारीहरुको भूमिका माथि अनुसन्धान थालेको छ । त्यसक्रममा विस्तृत विवरण मागेर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पत्राचार समेत गरेको छ ।

सुन प्रकरणमा जोडिएको भेटिएपछि अख्तियारले अर्थ मन्त्रालयका तत्कालिन महानिर्देशक झलकराम अधिकारीको कुराकानी, सम्पर्क भएको व्यक्तिहरु लगायतका विवरण मगाएको छ । त्यसैगरी उनको सम्पत्ति छानबिन समेत थालेको छ । अख्तियार स्रोतले भन्यो, ‘उहाँ लगायत सुन प्रकरण्मा भन्सार कार्यालयको जिम्मेवारीमा रहेका, यसअघि पनि उजुरी परेका केही कर्मचारी माथि अनुसन्धान अघि बढेको छ ।’

 

footer