नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अब युवा हस्तक्षेपको आवश्यकता छ, युवाहरूले यसमा हस्तक्षेप गर्नुपर्छ : ओली

585
shares

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको समय देश अत्यन्तै प्रतिकूल अवस्थामा रहेको बताउँदै युवा हस्तक्षेपको आवश्यकता रहेको बताए । शनिवार काठमाडौँमा भएको बासँग बालबालिका कार्यक्रममा बोल्दै उनले विकासको हिसाबले, सुशासनको हिसाबले, हरेक हिसाबले देश नराम्रो अवस्थामा रहेको बताउँदै यसपछि देश सुध्रिने बाटोमा जानै पर्ने बताए ।

अध्यक्ष ओलीले भने– ‘अब युवा हस्तक्षेपको आवश्यकता छ, युवाहरूले यसमा हस्तक्षेप गर्नुपर्छ । त्यतिकै कुनै अनुभव नभएका मान्छेले आवेशमा देशको नेतृत्व गर्छन् भन्ने कुरा गलत हो । पानीमा नपसेको मान्छेले पौडी राम्रो खेल्छ भन्नु गलत हो । फुटबल ग्राउन्डमा नपसेको मान्छेले फुटबल राम्रो खेल्छ भन्नु गलत हो । त्यो सम्भव छैन, त्यसकारण जे सुकै कुराको लागि पनि अनुभव चाहिन्छ ।’

उनले युवाले राजनीतिक हस्तक्षेप गर्न आवश्यक रहेको बताउँदै त्यसका लागि परिपक्व पार्टी, परिपक्व साथ लिएर राष्ट्रिय अभियान चलाउन आवश्यक रहेको बताउँदै त्यसपछि मात्रै देश बनाउन सकिने बताए । उनले अबको २० वर्षपछि नेपाल विकसित र दुनियाँलाई आकर्षित बनाउने हुने बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports