नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ओखलढुंगाका जिसस प्रमुख डिल्लीराम खनालको निधन

598
shares

जिल्ला समन्वय समिति (जिसस) ओखलढुङ्गाका प्रमुख डिल्लीराम खनालको निधन भएको छ । आमासयको ‘क्यान्सर’बाट पीडित खनालको ७३ वर्षको उमेरमा गए राति निधन भएको हो । खनाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा रहेका थिए ।

२०७९ सालको निर्वाचनबाट सिद्धिचरण नगरपालिका–३ को वडा सदस्य निर्वाचित भएपछि उनी जिसस प्रमुखमा निर्विरोध निर्वाचित भएका थिए । नेपाली कांग्रेस जिल्ला कार्यसमिति ओखलढुङ्गाका पूर्वउपसभापति, पूर्वमहासमिति सदस्य समेत रहेका खनाल जिल्लामा कांग्रेसका अभिभावक नेता मानिन्थे ।

कांग्रेसका नेता खनालको निधनले पार्टी र सिङ्गो ओखलढुङ्गा जिल्लालाई अपुरणीय क्षति पुऱ्याएको कांग्रेस नेता एवं सांसद नेता रामहरि खतिवडाले जनाएका छन् । दिवंगत खनालका दुई छोरा, दुई छोरी छन् भने उनको आजै पशुपतिमा अन्त्येष्टि गरिने बताइएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports