linktrix Long Ad
Salt Trading Long Ad

देश जोगाउन संघीयता खारेज गर्नु पर्छ : भीम रावल

728
shares

काठमाडौँ – नेकपा एमालेका नेता भीम रावलले देश जोगाउन संघीयता खारेज गर्नुपर्ने बताएका छन्। नेता रावलले राजनीतिक दलहरुको सत्ता स्वार्थको कुरुप चरित्र पछिल्लो समय कोशी प्रदेशमा देखिएको भन्दै संघीयताको मानक यही हो भने देश जोगाउन संघीयता खारेज गर्नुपर्ने बताएका हुन्।

साथै नेपाली भूमि कालापानीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणमा मौन रहेको भन्दै सरकारप्रति आक्रोश पोखेका छन्। ‘नेपाली भू–भाग कालापानीमा भारतीय प्रमको नांगो हस्तक्षेप हुँदा सरकार मौन रहने तथा प्रमुख राजनीतिक दलहरूमा निहित सत्ता स्वार्थका लागि जस्तो चरित्र र व्यवहार देखिएको छ र जसको कुरूप कोशी प्रदेशमा देखियो, यदि यही नै संघीयताको मानक हो भने यस्तो संघीयता देश जोगाउन खारेज गरिनु पर्छ,’ रावलले आइतबार सामाजिक सञ्जालमा लेखेका छन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports