सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कान्तिपुर मिडिया ग्रुप बिरूद्ध पत्रकार महासंघले गर्यो आन्दोलनको घोषणा

585
shares

काठमाडौं । नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकार ऐनअनुसार पत्रकारले उठाएका जायज माग यथाशीघ्र सम्बोधनका लागि दबाब दिने उद्देश्यले कान्तिपुर मिडिया ग्रुपविरुद्ध अनिश्चितकालीन दबाबमूलक आन्दोलनको घोषणा गरेको छ । कान्तिपुर मिडिया ग्रुपमा लामो समयदेखि उब्जिएको श्रमजीवी पत्रकारको समस्याका सवालमा पछिल्लो समय कान्तिपुरको व्यवस्थापन पक्ष र पत्रकारका प्रतिनिधिबीच भएको सहमतिलाई वहुसंख्यक पत्रकारले अस्वीकार गरेपछि श्रमजीवी पत्रकार ऐनअनुसार पत्रकारले उठाएका जायज माग यथाशीघ्र सम्बोधनका लागि दबाब सिर्जना गर्न नेपाल पत्रकार महासंघले आन्दोलनको घोषणा गरेको हो ।

घोषित कार्यक्रमअनुसार नेपाल पत्रकार महासंघले २०८० असोज ३० गते मंगलबार दिउँसो ३:०० बजेदेखि ४:०० बजेसम्म थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपमा १ घण्टा धर्ना दिने कार्यक्रम रहेको जानकारी गराइन्छ । यो धर्ना श्रमजीवी पत्रकार ऐनअनुसार पत्रकारले उठाएका जायज मागहरू पूरा नभएसम्म जारी रहने नेपाल पत्रकार महासंघका महासचिव रोसन पुरीले जानकारी दिए । उनका अनुसार व्यवस्थापन पक्षले निष्कासन गरेका ८२ जना पत्रकारको पुनर्वहाली, अनधिकृत सरुवाको बदर र श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयलगायतका मागहरू अविलम्ब पूरा गर्न नेपाल पत्रकार महासंघले कान्तिपुर मिडिया ग्रुपसमक्ष पटकपटक आग्रह गर्दै आइरहेको थियो ।

घोषित कार्यक्रममा सक्रिय सहभागिता जनाउन नेपाल पत्रकार महासंघ उपत्यकास्थित आफ्ना सबै शाखाका पदाधिकारी, सदस्य तथा विभिन्न सञ्चारगृहमा कार्यरत श्रमजीवी पत्रकार, पत्रकारका संघसंगठनका प्रतिनिधिलगायत श्रमजीवी पत्रकारका पक्षधर सबैमा आग्रह गरेको छ । कान्तिपुर मिडिया ग्रुपले त्यहाँ कार्यरत श्रमजीवी पत्रकार र कर्मचारीहरूमाथि लामो समयदखि ज्यादती गर्दै आएको छ । त्यसविरुद्ध महासंघले यो प्रकृतिका धर्ना र कालोपट्टी बाँध्ने काम कयन पटक गरिसकेको छ । तर, महासंघलाई कान्तिपुरले अलिकति पनि टेरेको छैन । त्यस प्रकारको विरोधका कार्यक्रमले कान्तिपुर नडगमगाएपछि थप सशक्त आन्दोलनका कार्यक्रम लिएर अघि बढ्नुपर्ने महासंघ उही पुरानै ढर्रामा रहेर कान्तिपुरविरुद्ध देखावटी खान्दोलनमा उत्रिएको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports