पद गुम्ने डरले कबुलियतनामा
वि.सं.२०८० कात्तिक १ बुधवार १७:४६
shares

काठमाडौ । नेपाली कांग्रेसभित्रको विवाद कोशी प्रदेशमा छताछुल्ल भएको छ । कोशी प्रदेशमा कुनैपनि दलको बहुमत नरहेको कारण कुनै पनि दलले एक्लै सरकार बनाउन सक्ने सम्भावना नै थिएन । सत्ता गठबन्धनमा रहका दलहरुको समेत स्पष्ट बहुमत नरहेकाले गर्दा कोशी प्रदेशमा सरकार ढल्दै बन्दै गरेको थियो ।
केन्द्रमा सत्ता गठबन्धनमा रहेका दलहरु भित्र देखिएको विवादले गर्दा कोशी प्रदेश सरकार संकटमा पर्दे आएको थियो । यसभन्दा अगाडिका प्रदेश सरकारहरुले संविधानको धज्जी उडाउँदै एक महिने सरकार गठन गर्दै आएका थिए ।
नेपाली कांग्रेसका नेता शेखर कोइरालाको गृह जिल्ला मोरङ्ग भएको र प्रदेशको राजधानी पनि मोरङमा नै रहेकाले त्यस प्रदेशमा कोइरालाको विशेष चासो रहेको थियो । एमालेका हिक्मत कार्कीले विश्वासको मत नपाउने भएपछि राजिनामा दिएका थिए ।
केन्द्रको सत्ता गठबन्धनले दुई पटक सम्म मुख्यमन्त्री बनाएका नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापालाई नै मुख्यमन्त्री बनाउने निर्णय गरेपछि कांग्रेसभित्र विवाद उत्पन्न भएकाले गर्दा सो विवादलाई साम्य पार्दै सत्ता गठबन्धनले माओवादी केन्द्रका नेता इन्द्र आङबोललाई मुख्यमन्त्री बनाउने निर्णय गरेपछि कांग्रेसका कोइराला पक्षका सांसदहरु रुष्ट हुँदै केदार कार्कीलाई मुख्यमन्त्री बनाउनुपर्नेमा लागि परेका भएपनि सत्ता गठबन्धन र कांग्रेसले अस्वीकार गरेपछि कोइराला पक्ष एमालेको शरणमा पुगेको थियो ।
कोइराला पक्षका कोशी प्रदेशमा ८ जना प्रदेश सांसद रहेकाले गर्दा एमालेका कोशी प्रदेशमा ४० जना सांसद भएपनि उपसभामुख एक सांसद रहेका हुनाले हुनले मतदान गर्न नपाउने अवस्था भएपनि बहुमत पु¥याउनका लागि ४७ सांसद भए पुग्ने भएकाले एमालेले कार्कीलाई समर्थन गरेको हुनाले कार्की मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
कार्की मुख्यमन्त्रीमा नियुक्त हुने निश्चित भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाललाई छटपटी बढेको हुनाले उनले कांग्रेसका सभापति शेरबहादुर देउवा र शेखर कोइरालासँग आफ्नो नेतृत्वको सरकारलाई बचाउने कबुलियतनामा समेत गराएको चितवनमा पुगेर उद्घोष गरे । कोशी प्रदेशको कार्की सरकार गठन्धनकै सरकार हो भनेर ।
गठबन्धनले कार्कीलाई उम्मेदवार नै बनाउन नचाहेको र एमालेको समर्थनमा कांग्रेसबाट विद्रोह गरि मुख्यमन्त्री बनेको कार्कीले अब एमालेसँग राजनीतिक व्यवहार कस्तो देखाउलान भन्ने प्रश्न समेत उठेको छ । कार्की राजनीतिज्ञ व्यक्ति भएकाले आफूलाई मुख्यमन्त्री बनाउने एमालेसँगको व्यवहार राजनीतिक चरित्रकै हुनुपर्दछ भन्ने राजनीतिज्ञहरुको भनाई रहेको छ ।





































