kumari
stcnepal

स्ट्यान्डर्ड चार्टर्ड बैंकले १९ प्रतिशत लाभांश दिने

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले सेयरधनीलाई १९ प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत आवको नाफाबाट कर सहित १९ प्रतिशत नगद लाभांश शेयरधनीलाई दिने प्रस्ताव गरेको हो ।

बैंकको यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । बैंकले गरेको यो प्रस्ताव चार वर्ष यताकै उच्च हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई १६.५१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो भने त्यसअघि १३.०६ प्रतिशत, आर्थिक वर्ष २०७६/७७ मा ११.८४ र आव २०७५/७६ मा २२.५ र आव २०७४/७६५ मा १७.५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

footer