विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सभापति देउवालाई नेतृत्व छाड्न दवाव

598
shares

 

काठमाडौ । कांग्रेसका सभापतिलाई नेतृत्व छाड्न दवाव परेपछि कांग्रेसभित्र विवाद बढेको छ । त्यही कारणले गर्दा नेपाली कांग्रेसभित्रको विवाद सकडमै छताछुल्ल भएको छ । वर्तमान सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेस यतिबेला राष्ट्रिय राजनीतिमा आफैँभित्र हराउन थालेको छ । कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नो विरोध हुँदा पनि चुपचाप बस्ने गरेका थिए तर मंसिर १६ गते बुटवलमा भएको लुम्बिनी प्रदेशको प्रथम सम्मेलनमा बोल्दै उनले आफू कम बोल्ने तर धेरै काम गर्ने नेता भएको उद्घोष गरेका छन् ।
सो समारोहमा कां्रेसका नेता एवं संघीय संसदका सांसद चन्द्र भण्डारीले अब सभापति देउवाले नेतृत्व छोडेर अर्का नेता डा. शेखर कोइरालालाई नेतृत्व दिनुपर्ने बताएपछि देउवा आक्रोशित हुँदै आफू थोरै बोल्ने तर काम गर्ने व्यक्ति भएको भन्दै सांसद भण्डारीलाई तपाई चर्को बोल्नु हुन्छ काम गर्न सक्नु भएको छैन अब काम गरेर देखाउनुहोस् भन्ने उत्तर दिएका थिए ।
सत्ताको प्रमुख घटक नेपाली कांग्रेस अहिले आफैँभित्र विवादको घेरामा परेको छ । पुष्पकमल दाहाल नेतृत्वको सरकारमा ९ वटा मन्त्रालय लिएर सत्तामा बसेको कांग्रेसले अहिले जनताका समस्याहरु समाधान गर्नेतर्फ ध्यान दिनुको सट्टा सत्तालाई कमाई खाने भाँडामात्र बनाएको र भ्रष्टाचारमा संलग्न भएका आफना नेता तथा कार्यकर्ताहरुलाई जोगाउन मात्र सक्रिय रहेको छ । सत्तामा रहेका दलहरुका नेताहरुले विपक्षी दललाई सत्तोसराप गर्ने तर उनीहरुले जनताका समस्याकोसमाधान गर्ने भन्दा सत्ता को दुरुपयोग गर्दै पार्टी संगठन विस्तार गर्ने काममा सक्रिय भएकाले गर्दा जनतामा वर्तमान सत्ता गठबन्धनको सरकारप्रति चरम निराशा व्याप्त रहेको छ ।
सत्तालाई पार्टी संगठन विस्तार गर्ने कार्यमा मात्र उनीहरु सक्रिय भएकाले गर्दा मुलुकमा उत्पन्न भएका समस्याहरु समाधान हुन सकेका छैनन् भने कार्तिक १७ गते मध्यरातमा जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पले गर्दा पिडित भएका जनताले एक महिना भन्दा बढीको समयमा समेत आवश्यक सेवा सुविधा पाउन सकेका छैनन् । एउटा पालमुनी उनीहरु बस्न बाध्य भएका छन् । जाडो थेग्न नसकेर २२ जनाले ज्यान गुमाईसकेका अवस्थामा सरकारले भने पिडितले आवश्यक पर्ने सेवा सुविधा पाइसकेका बताएर आफ्नो दायित्व र कर्तव्यबाट च्यूत हुँदै गएको छ ।
पुष्पकमल दाहाल नेतृत्वको सरकारले गरेका काम कारबाहीका बारेमा जनतामा चरम निराशा छाएकोले गर्दा जनता सडकमा आउन बाध्य भएका छन् । सडकमा आएका जनतालाई सत्ताको दुरुपयोग गर्दै व्यापक दमन गरिएको छ । लोकतान्त्रिक व्यवस्थामा जनताको विरोध गर्न पाउने अधिकार समेत सत्ता गठबन्धनको सरकारले खोसेको छ । एउटा व्यक्तिको विरोधमा राज्यका सम्पूर्ण शक्तिहरु नै परिचालन गरेर जनताको मुख थुन्ने प्रयास गरिएको हुनाले जनता अझ आक्रोशित भएका छन् ।
बहुसंख्यक जनताको भावना विपरित मुलुकलाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिएपछि जनताको आक्रोश बढ्दै गएकाले गर्दा सत्ता गठबन्धनलाई छटपटी बढ्दै गएको सरकारको व्यवहारले नै प्रष्ट भएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports