विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एनसेल छानवीन समितिले कुनै निर्णय दिन सक्दैन

663
shares

काठमाडौँ । पूर्वकार्यवाहक महालेखापरीक्षक सुकदेव खत्रीले सरकारले गठन गरेको एनसेलको शेयर खरिद, बिक्री प्रकरण छानबिन समितिले विश्वसनीय ढंगले काम गर्नेमा आशंका व्यक्त गरेका छन् । आइतबार मानव अधिकार तथा शान्ति समाजद्वारा आयोजित ‘लोकतन्त्रको प्राणः सुशासन र सद्भाव’ विषयक नागरिक संवाद कार्यक्रममा बोल्दै उनले छानबिन समितिको विश्वसनीयताप्रति आशंका व्यक्त गरेका हुन् । उनले सरकारको वृत्तिविकास खाएको पदाधिकारीले काम गर्न सक्नेप्रति प्रश्न उठाए । उनले सरकारले गठन गरेको छानबिन समितिले काम नगर्ने बताए । सरकारले आफ्नो पक्षमा ल्याउनका लागि मात्रै समिति गठन गरेको उनको भनाई छ ।

त्यस्तै कार्यक्रममा बोल्दै मानव अधिकारकर्मी कृष्ण पहाडीले स्थानीय तहमा भ्रष्टाचार भइरहेका कारण संघीयतामाथि प्रश्न उठेको बताए । उनले मधेस र जनजातिलाई विश्वासमा नलिइकन संघीयता खारेजीको एकोहोरो रटान गर्नु आत्मघाती हुनसक्ने धारणा राखे । उनले एनसेलको पैसा नखाएकाहरु सत्तामा पुग्ने कोही पनि नभएका भन्दै एनसेल प्रकरणको सम्बन्धमा आफूहरुले आन्दोलन गर्ने जानकारी दिए ।

राजनीतिशास्त्रका प्राध्यापक तथा लेखक लोकराज बरालले देशमा गणतन्त्र, धर्मनिरपेक्षता र समावेशिताको मूल्यलाई भित्रैबाट आत्मसात् नगरिएको बताए । उनले नेपालीहरु परिवर्तन गर्न माहिर भएपनि परिवर्तनलाई संस्थागत गर्ने आचरण र संस्कृति भने नभएको बताए । सबैको दिमागमा अस्थिरता मात्रै रहेको भन्दै उनले त्यस्तो सोचाइ राख्नु नहुने बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports