विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जसपा नेपालको कार्यकारिणी समिति बैठक आज बस्दै

637
shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समिति बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे पार्टी कार्यालयमा बस्न लागेको हो । बैठकमा गत भदौ महिनादेखि सञ्चालन गरेको तीनमहिने संगठन विस्तार तथा सुदृढीकरण अभियानको समीक्षा हुने जसपाले जनाएको छ ।

उक्त अभियानबारे थप निर्णय लिन तथा आसन्न राष्ट्रिय सभाको निर्वाचन, केन्द्रीय समितिको बैठक लगायतका एजेण्डामा आजको बैठक केन्द्रित हुने छ । उक्त अवधिमा जसपाले पालिका समितिदेखि प्रदेश समिति पुनर्गठन गरेको छ । जसअन्तर्गत मधेस प्रदेशबाहेकका सबै प्रदेश समिति पुनर्गठन भएका छन् ।पहिचानका राष्ट्रिय समितिहरु मध्येका लिम्बुवान राष्ट्रिय समिति, किरात राष्ट्रिय समिति, तमुवान राष्ट्रिय समिति, मधेस राष्ट्रिय समिति, नेवाः राष्ट्रिय समिति , ताम्सालिङ राष्ट्रिय समिति पुनर्गठन भएका छन् । बाँकी रहेका केही पहिचानका राष्ट्रिय समिति र विशेष प्रदेश समितिले पुनर्गठनको मिति तय गरेका छन् ।

जसपाको मधेस प्रदेशअन्तर्गतका जिल्ला बाहेक २६ जिल्ला समिति पुनर्गठन गरिएका छन् । यस अवधिमा जसपाका करिब ९५ वटा पालिका समिति पुनर्गठन भएका छन् । जसमध्ये ८० वटा पालिका समिति मधेस प्रदेशअन्तर्गतका रहेका छन् । मधेस प्रदेश समितिले पालिका समितिपश्चात जिल्ला समिति र जिल्ला समिति पुनर्गठन गरेपश्चात प्रदेश समिति पुनर्गठन गर्ने गरी कार्य गरिरहेको छ । ३ महिने अभियानको दौरान जसपाले सबैजसो प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports