kumari
stcnepal

बैंकहरुलाई मर्जर तथा प्राप्तीको बार्गेन पर्चेज गेनमा कर तिर्नु पर्ने

काठमाडौं । बैंकहरुलाई मर्जर तथा प्राप्तीको बार्गेन पर्चेज गेनमा कर तिर्नु पर्ने भएको छ ।

यस्तै एफपीओको प्रिमियमबाट बोनस सेयर दिएको भए त्यसलाई पनि आय मानेर कर तिर्नुपर्ने भएको छ । यस्तो कर बैंकहरूले मंसिर मसान्तभित्रै अर्थात दुई दिनभित्रै तिर्नुपर्ने छ । सरकारले आर्थिक वर्ष २०८०/८१ को आर्थिक विधेयक मार्फत मर्जर तथा प्राप्तीको बार्गेन पर्चेज गेन र एफपीओको प्रिमियबाट बोनस सेयर जारी गरेको भए आयकर दाखिला गर्नुपर्ने वयवस्था गरेको थियो ।

सरकारले पूँजीमा कर लिन खोजेको भन्दै सरकार विरुद्ध बैंकहरुको तर्फबाट परेको रिट अदालतले खारेज गरेको हो । सर्वोच्च अदालतको संवैधानिक इजलासले बिहीबार उक्त रिट खारेज गरेको हो ।

footer