सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेसका नेता कोइरालाले मागे प्रधानमन्त्री दाहालको रिर्पोट कार्ड

442
shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को रिपोर्ट कार्डको माग गरेका छन् । नेता कोइरालाले पुस ५ देखि १० गतेसम्म प्रधानमन्त्रीले काठमाडौं नछोड्न मन्त्रीहरुलाई भनेको आफूले सुनेको बताए ।

‘म त प्रधानमन्त्रीको रिपोर्ट कार्ड मागिरहेको छु’ नेपाली कांग्रेसको नुवाकोट जिल्ला सम्मेलनमा कोइरालाले भने, ‘हामीले प्रधानमन्त्रीको रिपोर्ट कार्ड लिने हो । प्रधानमन्त्रीज्यू, तपाईंको रिपोर्ट कार्ड हामीलाई चाहिएको छ ।’ संसदीय व्यवस्थामा मन्त्रीले गरेको जस/अपजसको भागीदार पनि प्रधानमन्त्री हुने नेता कोइरालाले बताए । नेता कोइरालाले पार्टीभित्र अन्तर्घात भएको भन्दै एकअर्काको खुट्टा तानेर चुनाव जित्न नसकिने बताए । कांग्रेसमा व्यक्तिवादी चरित्र हावी भएको औंल्याउँदै कोइरालाले भने, ‘त्यसलाई त्याग्नुस् । त्यसलाई त्याग्न सक्यौं भने कसैको बैसाखी टेकेर जानुपर्दैन ।’

अहिलेको अवस्थामा जनतामा निराशा र आक्रोश स्वाभाविक भएको भन्दै उनले आक्रोश र निराशा गणतन्त्र र संघीयताप्रति नभएको टिप्पणी गरे । ‘त्यो आक्रोश र निराशा नेतृत्वप्रति हो’, कोइरालाले भने । दलहरुले राम्रा काम गरेको अवस्थामा राजतन्त्रको मुद्दा स्वतः ओझेलमा पर्ने उनले बताए । फ्रान्सको सानो चिया पसलमा राजतन्त्रको पक्षमा कुरा भए पनि त्यहाँ राजतन्त्र नआएको उदाहरण दिए । ‘फ्रान्सले राम्रो काम गरिराखेको छ । त्यसकारण राजा भन्नेहरु बढ्दैनन्’, कोइरालाले भने ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports