नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

तपस्वी रामबहादुर बम्जनको मुद्दामा थुनछेक बहस पुरा, आजै थुनछेक आदेश आउने

624
shares

काठमाडौँ । बलात्कार आरोप लागेका ‘तपस्वी’ रामबहादुर बम्जनको मुद्दामा थुनछेक बहस पुरा भएको छ । सर्लाही जिल्ला अदालतमा थुनछेक बहस भएको हो । बम्जनको बयान र थुनछेक बहस सकिएको जिल्ला अदालत सर्लाहीका श्रेस्तेदार सदन अधिकारीले बताए ।

न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासमा बम्जनलाई पुर्पक्षका लागी थुनामा पठाउने वा तारेखमा छाड्ने भन्नेबारे बहस भएको थियो । अदालतले आजै थुनछेक आदेश गर्ने भएको छ । बम्जनले आफ्नै आश्रममा बस्ने आनीलाई बलात्कार गरेको आरोप छ । बलात्कृत भएपछि २०७५ मा आनीले आश्रम छाडेर बम्जनबिरुद्ध प्रहरीमा उजुरी गरेकी हुन् । २०७६ माघमा सर्लाही प्रहरीले आनीलाई बाल यौन दुव्र्यवहार गरेको मुद्दा दर्ता गरेर बम्जनबारे अनुसन्धान थालेको थियो ।

आरोपीले १८ वर्षीया आनीबाट यौन सन्तुष्टि प्राप्त गरेको र बालयौन शोषण गरेको आरोप छ । सो मुद्दा बुधवार थुनछेक भएको हो । जिल्ला अदालत सर्लाहीबाट जारी भएको वारेन्ट पुर्जीको आधारमा उनलाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेर सर्लाही पठाएको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports