गत फागुन २१ गते भएको संसदको निर्वाचनमा झण्डै दुई तिहाई मत ल्याउन सफल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक

702
shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकले पाँच महिनाको तथ्यांकमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको छ । चालु आर्थिक वर्ष २०८०/०८१ को पाँच महिनाको तथ्यांअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.९५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै आयात ३.४ प्रतिशत, निर्यात ६.१ प्रतिशत र कुल वस्तु व्यापार घाटा ३.१ प्रतिशतले घटेको छ । यसैगरी विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २७.६ प्रतिशतले र अमेरिकी डलरमा २४.५ प्रतिशतले बढेको राष्ट्र बैंकको भनाइ छ । यस्तै शोधनान्तर स्थिति रु.२१० अर्ब ५९ करोडले बचतमा रहँदा कुल विदेशी विनिमय सञ्चिति रु.१७६७ अर्ब ४ करोड र अमेरिकी डलरमा १३ अर्ब ३१ करोड रहेको बैंकको तथ्यांकमा उल्लेख छ ।

यसैगरी नेपाल सरकारको खर्च रु.४५३ अर्ब र राजस्व परिचालन रु.३६३ अर्ब ४३ करोड रहेको छ भने विस्तृत मुद्राप्रदाय ४.७ प्रतिशतले बढेको छ । यस्तै वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४.४ प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ४.६ प्रतिशतले बढेको भने निजी क्षेत्रमा प्रवाहित कर्जा २.३ प्रतिशतले बढेको छ । यस्तै वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४.५ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports