प्रहरीले गुण्डागर्दी तथा अपराधमा संलग्न १८७१ जनाको तयार प्रोफाइल पार्यो
वि.सं.२०८३ साउन ८ शुक्रवार १५:०९
shares

काठमाडौं । गुण्डागर्दी तथा अपराधमा संलग्न १८ सय ७१ जनाको प्रोफाइल प्रहरीले तयार पारेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मलेन गर्दै यसबारे जानकारी गराएको हो ।परिसरका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार काठमाडौंमा हुने विभिन्न प्रकृतिका अपराध तथा गुण्डागर्दीमा संलग्न १८ सय ७१ जनाको प्रोफाइल तयार पारिएको हो ।
कुनै अपराध भइहालेमा संदिग्ध व्यक्तिको पहिचान गर्न तथा खोजी गरी कारबाहीको दायरामा ल्याउन सहयोग हुने भन्दै प्रहरीले क्रिमिनल व्यक्तिहरुको तीन पुस्तेसहितको प्रोफाइल तयार पारेको हो ।
जसमा पटके अभियुक्त र अपराधको कसुर अनुसारका फरक फरक छुट्टयाएर प्रोफाइल तयार पारिएको छ ।



































