गत फागुन २१ गते भएको संसदको निर्वाचनमा झण्डै दुई तिहाई मत ल्याउन सफल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अव नेपाल राष्ट्र बैकले २००र ५०० दरका भारतीय रूपैँयाको सटही सुविधा दिने

156
shares

नेपाल राष्ट्र बैंकले अब २०० र ५०० दरका भारतीय नोटको सटही सुविधा दिने भएको छ।

यसअघि सरकारले गत मंसिरमै २०० र ५०० दरका २५ हजारसम्म भारतीय नोट बोक्न पाउने व्यवस्था गरेको थियो।पछिल्लो समय भारतीय पर्यटकहरूको नेपाल आगमन बढेसँगै यस्तो नोटको प्रयोग बढेको छ।तर, राष्ट्र बैंकले यसको सटही सुविधा उपलब्ध गराएको थिएन।

नेपाल भित्रिएका यी दरका नोटको खपत र प्रयोग बढ्दै गएपछि यस्तो सटही सुविधा दिन थालिएको हो।भारतको केन्द्रीय बैंकसँगको छलफलपछि राष्ट्र बैंकले यहाँ पनि यी दरका नोटको सटही सुविधा दिने भएको हो।नेपाली वा विदेशी नागरिकले ५ हजार बराबर अमेरिकी डलर बराबर भारतीय रूपैयाँ भन्सार घोषणा नगरी ल्याउन पाउने व्यवस्था छ।

सन् २०१६ नोभेम्बर ९ पछि जारी भएका २०० र ५०० दरका भारतीय नोट भने नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति २५ हजार भारतीय रूपैयाँसम्म प्रचलित व्यवस्थाअनुसार नेपाल ल्याउन, लैजान तथा सटही गर्न सक्ने भएका हुन्। नेपालमा पुराना एक हजार र २ हजार दरका भारतीय नोटको कारोबार गर्न नपाइने व्यवस्था यथावत् रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports