नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राष्ट्र निर्माता शाहको जन्म जयन्तीलाई राजकीय रूपमा मनाउन सरकार सँग कमल थापाको माग

546
shares

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले पृथ्वीनारायण शाहको योगदान कुनै संस्था वा राजनीतिक व्यवस्थासँग मात्रै सम्बन्धित नभएकाले त्यस रूपमा हेर्न नहुने बताएका छन् । थापाले राष्ट्र निर्माता शाहको जन्म जयन्तीलाई राजकीय रूपमा मनाउन र उनको तस्बिर नेपाली नोटमा अंकित गर्न सरकारसँग माग गरे ।

२०३ औं पृथ्वीजयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसर पारेर शुक्रवार पार्टीले काठमाडौँमा आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै उनले राजादेखि माओवादीसम्म अटाउने राजनीतिक प्रणालीको विकास गर्न सबै राजनीतिक दलहरूलाई आग्रह गरे । उनले कसैलाई पनि निषेध नगर्ने खालको राजनीतिक प्रणालीको विकास गर्न सकेमात्रै मुलुकमा शान्ति, राजनीतिक स्थायित्व र आर्थिक विकास सम्भव हुने धारणा राखे । पूर्वउपप्रधानमन्त्री समेत रहेका अध्यक्ष थापाले सबै देशभक्त, प्रजातान्त्रिक शक्तिहरु बीचको वृहत् मोर्चा बनाएर मात्रै मुलुकमा राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना गर्न सकिने बताए ।

‘जहाँसम्म हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गर्ने कुरा छ । यो केवल राप्रपा वा राप्रपा नेपाल मात्रै मिलेर पनि हुँदैन । यो त सबै राष्ट्रवादी, प्रजातान्त्रिक, देशभक्त शक्तिहरूको बिचमा एकता र एउटा वृहत् मोर्चाको आवश्यकता पर्दछ ’, उनले भने, ‘ पृथ्वीनारायण शाहको योगदान कुनै राजनीतिक व्यवस्था वा संस्थासँग मात्रै सम्बन्धित छैन । यो वास्तविकतालाई बुझेर सिंगो राज्यले नै पृथ्वीनारायण शाहको योगदानको संस्मरण गर्नुपर्दछ । राष्ट्र निर्माताको सम्मान गर्दै नेपाली नोटमा पृथ्वीनारायण शाहको तस्बिर अंकित गर्ने र साथसाथै केवल सार्वजनिक बिदा दिने मात्रै होइन, भव्य रूपमा राष्ट्रिय एकता दिवस सरकारी स्तरबाटै पनि मनाइनुपर्दछ भन्ने मेरो आग्रह छ ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports