२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेसको नेपाल संवत ११४७ को अवसरमा सुकुण्दा र्‍याली

351
shares

काठमाडौं । नेपाली कांग्रेस काठमाडौं महानगर समितिले नेपाल संवत ११४७ को अवसरमा आज सुकुण्दा र्‍याली आयोजना गरेको छ ।

र्‍यालीमा नेपाली सभापति गगनकुमार थापा सहभागी भएका छन् ।नेपाल संवतको नयाँ वर्षको स्वागत तथा मौलिक कला, संस्कृति र परम्पराको संरक्षण एवं प्रवद्र्धन गर्ने उद्देश्यले र्‍याली आयोजना गरिएको हो । र्‍यालीमा सहभागीहरूले सुकुण्डा बोकेर नगरका विभिन्न क्षेत्रमा परिक्रमा गरेका थिए ।

नेपाल संवत नेपाली मौलिक पहिचान, इतिहास र सांस्कृतिक गौरवसँग जोडिएको संवत हो । विशेषगरी नेवार समुदायले नयाँ वर्षका रूपमा हर्षोल्लासका साथ मनाउने नेपाल संवत्ले राष्ट्रिय एकता, सांस्कृतिक विविधता र परम्परागत सम्पदाको महत्त्वलाई समेत उजागर गर्दै आएको छ ।

कांग्रेस महानगर समितिले आयोजना गरेको र्‍यालीमा पार्टीका नेता तथा कार्यकर्ता, स्थानीय जनप्रतिनिधि र सर्वसाधारणको सहभागिता रहेको थियो ।र्‍यालीले नेपाल संवत्को ऐतिहासिक महत्वलाई नयाँ पुस्तासम्म पुर्‍याउन तथा मौलिक संस्कृतिको संरक्षणमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports