२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आईसीसी क्रिकेट विश्वकप लिग २ : नेपालको लगातार दोस्रो जित

260
shares

काठमाडौं । बलरहरूले शानदार प्रदर्शन गरेपछि नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा भइरहेको शृङ्खलामा लगातार दोस्रो जित हासिल गरेको छ ।

मंगलबार अल अमेरत क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ १ मा भएको खेलमा नेपालले ओमानमाथि ११३ रनको जित हासिल गरेको हो । नेपालले दिएको २६४ रनको लक्ष्य पछ्याएको ओमान ४० ओभरमा १५० रनमा अलआउट भयो ।ओमानका लागि कप्तान विनायक शुक्लाले सर्वाधिक ७७ रन बनाए । यद्यपी नेपालले त्यसअघि नै जितको आधार तय गरिसकेको थियो ।ओमान १२औं ओभरमा ४१-६ को अवस्थामा पुगिसकेको थियो । त्यहाँबाट विनायकले जय ओडेरासँग मिलेर ८३ रनको साझेदारी गरेका थिए । ओडेरा २५ रन बनाएर आउट भए ।

जय आउट हुँदा ओमान १२८-७ को अवस्थामा थियो । त्यहाँबाट थप २२ रन जोड्दा विनायक, शाह फेसल र हस्नेन शाह आउट भए ।नेपालका लागि नन्दन यादवले ६ ओभरमा १२ रन दिएर ३ विकेट लिए । कप्तान सन्दीप लामिछानेले ९ ओभरमा २८ रन दिएर ३ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले २ तथा करण केसी र ललित राजवंशीले १-१ विकेट लिए ।त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २६३ रन बनाएको थियो ।रोहित पौडेलले  ६१ रन बनाए । ६७ बल खेलेका उनले ३ चौका र १ छक्का प्रहार गरे । करण केसीले अन्त्यतिर १६ बलमा ४० रनकोआक्रामक पारी खेले ।

करण केसीले ४९औं ओभरमा हस्नेन शाहलाई लगातार तीन छक्का प्रहार गरे भने अन्तिम ओभरमा शाह फेसललाई पनि एक छक्का प्रहार गरेका थिए ।अर्जुन कुमालले ४०, बसिर अहमद र इशान पान्डेले समान ३७ रन बनाए । दीपेन्द्रसिंह ऐरीले २२ रन बनाए ।ओमानका लागि शाह फेसल, शकील अहमद र करण सोनाभालेले २-२ विकेट लिए भने हस्नेन शाहले १ विकेट लिए ।यो जितपछि लिग २ अंकतालिकामा छैटौं स्थानमा रहेको नेपालको ३४ खेलबाट २८ अंक भएको छ । ओमान ३० खेलबाट ३३ अंकसहित चौथो स्थानमा छ ।

नेपालले अब अर्को खेलमा आगामी शनिबार क्यानडासँग खेल्नेछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports