भाद्र १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले गर्दा नेपालको अर्थतन्त्रमा व्यापक असर परेको छ...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पुराना भनेका सबै गलत भन्ने भाष्य नै गलत ?

1.95K
shares

 

गत भाद्र २३ गते जेनजीहरुले गरेको विरोध प्रदर्शन र भाद्र २४ गते भएको विध्वसात्मक कार्यलाई लिएर नेपाली राजनीतिक क्षेत्रमा एकमत हुन सकेको अवस्था देखिँदैन । जेनजीहरुले गरेको विरोध प्रदर्शनलाई आफ्नो स्वार्थ पूरा गर्ने उदेश्यले केही राजनीतिक दल र केही व्यक्तिहरुले जेनजीहरुको विरोध प्रदर्शनलाई आफ्नो कब्जामा लिएका थिए । त्यही जेनजीहरुको विरोध प्रदर्शनपछि गत फागुन २१ गते सम्पन्न भएको संघीय संसदको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले झण्डै दुई तिहाई मत पाएको छ । रास्वपाले झण्डै दुई तिहाई मत पाउनुको पछाडि जेनजीहरुको विरोध प्रदर्शनलाई रास्वपाले राम्रोसँग प्रयोग गर्नु र जेनजीहरुको विरोध प्रदर्शनमा र भाद्र २४ गते भएको विध्वसात्मक कार्यमा संलग्न रहेका प्रायः सबै व्यक्तिहरुलाई रास्वपामा प्रवेश गराउनुले गर्दा नै रास्वपाले झण्डै दुई तिहाई मत पाएको थियो ।
पुराना भनिएका राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र समेत पटक पटक सत्ताको नेतृत्व पुगेपनि जनताको चाहना र भावनानुसार चल्न सकेका थिएनन् । उनीहरुमा एक प्रकारको दम्भ थियो । हामीहरुबाहेक अरुले मुलुक सञ्चालन गर्न सक्ने अवस्था छैन भनेर । उनीहरुले आलोपालो सत्ता सञ्चालन गरिरहेका थिए । मुलुकभित्र चरम संकट थियो । गुटगत राजनीति र सत्ता हत्याउने खेलले गर्दा सरकारी संयन्त्रहरु समेत प्रयोग हुँदै आएका थिए त्यस विषयलाई जनताले मन पराएका थिएनन् । पुरानाले केही गरेनन् भनेर भाष्य बनाउन केही संघ संस्था, केही व्यक्तिहरु पहिला देखि नै सक्रिय रहेका थिए । उनीहरुले त्यही भाष्यलाई सत्तामा पुग्ने माध्यमको रुपमा प्रयोग गरे आखिरी उनीहरु सफल भए । भाद्र २३ र २४ गते भएको जेनजीहरुको विरोध प्रदर्शनको सफलता भनेको त्यही हो त्यसै कारणले गर्दा अहिले रास्वपा नेतृत्वको बालेन सरकार रहेको छ ।
परिवर्तनका नाममा सबैलाई अस्वीकार गर्ने विषय राजनीतिक रुपमा अति आकर्षक देखिएको छ । तर शासनन व्यवस्था सञ्चालनका दृष्टिकोणले त्यो अत्यन्तै जोखिमपूर्ण रहेको छ र हुन्छ । वास्तविक परिवर्तन भनेको विगतको सफल अभ्यासलाई संरक्षण गर्दै कमी कजमोरीलाई सहासपूर्वक सुधार गर्दै विद्यमान संस्था र नागरिकको विश्वास बढाउने नयाँ संस्कृतिको विकास गर्नु हो । गलत भाष्य प्रयोग गरेर पुराना दल र तिनका नेताहरुलाई गाली गर्दै अघि बढेको खण्डमा तिनै पुराना दलको संस्कृत्तिलाई स्वीकार गर्नु हो । पुरानाले केही गरेनन् हामी देश बनाउँछौँ भनेर जनतासामू गएका दल र तिनका नेताहरुले पुरानै नियत देखाउनु र एकोहोरा रुपमा पुरानाले केही गरेनन् भने भाष्य मात्र बनाउन लाग्नु भनेको परिवर्तनका नाममा आफ्नो स्वार्थ पूरा गर्न खोज्नु बाहेक अन्य केही हुन सक्दैन ।
हिजोका पुराना दलहरुले मुलुकलाई अप्ठ्यारो अवस्थाबाट जोगाएर यहाँसम्म ल्याई पु¥याएका हुन् । २०७२ सालको भुइचालोका अवस्था सम्झनुहोस् त कसो अवस्था थियो । तर तिनै पुराना दलका नेताहरुले नै विगतको अप्ठ्यारो अवस्थाबाट मुलुकलाई बाहिर निकालेर अहिलेको अवस्थामा ल्याईपु¥याएका हुन् भन्ने हेक्का सत्ताधारी दल रास्वपा र सरकारलाई हास्े । राजनीतिक दलहरुको मूल्यांकन जनताले आफूलाई परेको अप्ठ्याो अवस्थामा गर्ने हुन् । विगतको अप्ठ्यारो अवस्थाबाट अहिलेसम्मको अवस्थाा मुलुकलाई ल्याई पु¥याउने श्रेय तिनै पुराना दल र तिनका नेताहरुलाई जान्छ ।
जेनजी विरोधको माग नयाँ सरकारमात्र थिएन भने तत्कालिन ओली सरकारको परिवर्तनको मात्रै थिएन । भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४ गतेको घटना घटाएको विभिन्न छानविन प्रतिवेदनहरुले देखाएको छ । तर त्यस विषयमा झण्डै दुई तिहाई मत पाएर गठन भएको बालेन सरकार अहिले मौन रहेको छ । जनताले अहिले पनि भाद्र २३ र २४ गते भएको विध्वसात्मक घटनाको सत्यतथ्य बहिर आउनुपर्दछ भनिरहेका छन् तर सत्ताधारी दल रास्वपा र बालेन सरकार एकोहोरा पुराना दल र तिनका नेताहरुलाई कसरी जनताको नजरबाट गिराएर आफ्नो सत्तालाई सहजता ल्याउने भन्नेमै सिमित रहेको छ । विगतमा भएका राम्रा काम र विगतमा भएका विभिन्न प्रकारका आयोग, समिति र संस्थाहरुलाई गिजोलेर र सम्वैधानिक निकायका पदाधिकारी र कर्मचारीहरुलाई बदलाको भावना र यी पूराना दलले निर्माण गरेका संरचना हुन् भन्दै उनीहरुको मानर्मदन गर्ने प्रयास हुनु मुलुककै लागि दुर्भाग्य सावित हुन सक्छ । त्यसै कारणले गर्दा पूराना दल र तिनका नेताहरु नै गलत थिए भन्ने भाष्य तत्काल सुधार हुनु आवश्यक छ ।
आजको आवश्यकता भनेको सबै कुरा भत्काएर नयाँ सुरुवात गर्ने भने होइन पुराना प्रणालीका सकारात्मक पक्षलाई संरक्षण गर्दै कमी कमजोरीलाई सुधार गर्दे नागरिकलाई विश्वासमा लिएर शासन प्रणाली निर्माण गर्नु हो । तर सुधारको नाममा पूरानालाई गलत मात्र भनिने भाष्यले कसैको भुलो हुन सक्दैन त्यसैले बालेन सरकार र रास्वपाले उक्त भाष्यलाई तत्काल सुधार गर्नुपर्ने हामीले ठानेका छौँ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports