भाद्र १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले गर्दा नेपालको अर्थतन्त्रमा व्यापक असर परेको छ...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जय नेपाल पार्टीले बनायो ५ सदस्यीय वार्ता समिति

663
shares

काठमाडौं । जय नेपाल पार्टीले विचार मिल्ने विभिन्न दल, समूहसँग एकताका लागि पाँच सदस्यीय वार्ता समिति गठन गरेको छ ।

जय नेपाल पार्टीले गठन गरेको वार्ता समितिको संयोजकमा नारायण कोइराला छन् भने सदस्यहरू सुरेशप्रसाद आचार्य, प्रज्जवल बोहरा, अंजना शाह रावल र होमनाथ गौतम रहेका छन् ।

जय नेपाल पार्टीसँग विचार मिल्ने पार्टी, संगठन, समूह, अभियान तथा व्यक्तिहरूलाई पार्टीमा गोलबद्ध गर्न भदौ ४ गते काठमाडौंमा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले वार्ता समिति गठन गर्ने निर्णय गरेको थियो ।

पार्टीका सचिवालय प्रमुख सगुन सुन्दर लावतीका अनुसार, केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम वार्ता समितिले तत्काल वार्ता आरम्भ गर्नेछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports