linktrix Long Ad
Salt Trading Long Ad

स्वतन्त्रता दिवसको अवसरमा पाकिस्तानी प्रधानमन्त्रीको सम्बोधन भारतलाई उपयुत्त जवाफ दिने घोषणा

858
shares

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले सिन्धु जल सन्धिबारे भारतलाई फेरि चेतावनी दिएका छन् ।

शुक्रबार पाकिस्तानको स्वतन्त्रता दिवसको अवसरमा इस्लामावादमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शहबाजले उक्त चेतावनी दिएका हुन् । उनले पाकिस्तानको पानीको हिस्साका सम्बन्धमा कुनै नयाँ सम्झौता नहुने स्पष्ट पारे।

प्रधानमन्त्री शहबाजले भारतले यसलाई रोक्ने वा घटाउने कुनै पनि प्रयासको उपयुक्त जवाफ दिइने चेतावनी दिए ।सन् २०२५ मा पहलगाममा भएको आतंकवादी हमलापछि भारतले सिन्धु जल सन्धि स्थगन गर्ने निर्णय गरेको थियो । त्यसयता यो विषय दुई देशबीच तनावको मुख्य कारण बनेको छ । भारतले पाकिस्तानले सीमापार आतंकवादविरुद्ध ठोस र विश्वसनीय कदम नचालेसम्म सन्धि स्थगन कायमै रहने बताउँदै आएको छ । पाकिस्तानले उक्त सन्धि कानुनी रूपमा बाध्यकारी रहेको र यसलाई एकपक्षीय रूपमा स्थगन गर्न नसकिने बताउँदै आएको छ । सन् १९६० मा भारत र पाकिस्तानबीच सिन्धु जल सन्धि भएको थियो ।

प्रधानमन्त्री शहबाजले पाकिस्तान आफ्ना छिमेकीहरूसँग शान्ति चाहने तर शान्तिको यो चाहनालाई कमजोरी ठानिनु उचित नहुने बताए । साथै, शहबाजले भारत सही बाटोमा फर्कनुपर्ने बताउँदै अन्यथा उसले उपयुक्त जवाफ पाउने दोहोर्‍याए ।यसैगरी, शाहबाजले कश्मीरबारे पाकिस्तानको अडान कहिल्यै नबदलिने पनि स्पष्ट पारे ।

शाहबाजले पाकिस्तानी सेना प्रमुख फिल्ड मार्शल आसिम मुनिरको प्रशंसा गर्दै उनको नेतृत्वमा पाकिस्तानले भारतलाई पराजित गरेको दाबी गरे ।शाहबाजले सन् २०२५ मा भारत र पाकिस्तानबीचको द्वन्द्वको मोड बदल्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्णायक भूमिका खेलेको स्मरण गरे । उनले ट्रम्पको प्रशंसा गर्दै ट्रम्पको पहलका कारण नै समयमै युद्धविराम सम्भव भएको दाबी गरे ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports