गत भाद्र २३ गते जेनजीहरुले गरेको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका नायव सुब्बा तहका ८४ जना कर्मचारीहरूको सरुवा

299
shares

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ठुलो संख्यामा नायब सुब्बाहरूको सरुवा गरेको छ ।

मन्त्रालयले शुक्रबार नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका नायव सुब्बा तहका ८४ जना कर्मचारीहरूको सरुवा गरेको हो ।मन्त्रालयले दुई छुट्टाछुट्टै निर्णयका आधारमा ८४ सुब्बाहरूको सरुवा गरेको हो । कर्मचारीहरूलाई विभिन्न मन्त्रालय, विभाग, जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहहरूमा सरुवा गरिएको छ ।

पहिलो सूचीमा ४५ जना र दोस्रो सूचीमा ३९ जना गरी कुल ८४ जना सुब्बाहरू सरुवामा परेका हुन् । सरुवा हुनेहरूमा विभिन्न जिल्लाका मालपोत कार्यालय, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय र विभिन्न मन्त्रालयमा कार्यरत छन्।

विभिन्न कार्यालयहरूमा कर्मचारीको अभाव पूर्ति गर्न र प्रशासनिक कार्यलाई थप चुस्त बनाउन कर्मचारीहरूलाई नयाँ जिम्मेवारी तोकिएको मन्त्रालयले जनाएको छ । सरुवा भएका कर्मचारीहरूलाई तत्कालै तोकिएको कार्यालयमा हाजिर हुन समेत निर्देशन दिइएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports