१ सचिव बढुवाका लागि ३ जनाको नाम सिफारिस, पहिलो नम्बरमा घिमिरे
वि.सं.२०८३ भदौ ७ आइतवार ०९:०८
shares

काठमाडौँ । नेपाल सरकारको रिक्त एक सचिव पदका लागि वरिष्ठताका आधारमा ३ जना सहसचिवको नाम बढुवाका लागि सिफारिस भएको छ ।
लोकसेवा अध्यक्षको अध्यक्षतामा रहेको बढुवा सिफारिस समिति बैठकले बरिष्ठताका आधारमा क्रमशः इन्दु घिमिरे, श्रीकृष्ण नेपाल र नारायण प्रसाद भट्टको नाम सिफारिस गरेको हो ।
घिमिरेको नाम यसअघिको बढुवामा दोस्रो नम्बरमा थियो । पहिलो नम्बरमा रहेका कमल भट्टराईको बढुवा भएपछि उनी अबको बढुवामा पहिलो नम्बरमा परेकी हुन् ।
मन्त्रिपरिषदको सोमबारको बैठकले उनीहरुमध्येबाट सचिव बढुवा गर्ने सम्भावना छ ।घिमिरे पर्यटन मन्त्रालय, नेपाल एडिबीको वैकल्पिक कार्यकारी निर्देशक र भट्ट सतर्कता केन्द्रमा कार्यरत छन् ।






































