बर्षा र बाढी पहिरोका कारण यी १० वटा सडकखण्ड आज अवरूद्ध
वि.सं.२०८३ भदौ ७ आइतवार ११:०३
shares

वर्षा र बाढीपहिरोको कारण आज पनि देशका विभिन्न सडक खण्ड अवरुद्ध भएका छन्।
सडक अवरुद्ध हुँदा यातायात सेवा प्रभावित भएको प्रहरीले जनाएको छ।इलाममा मेची राजमार्ग, काभ्रेमा बीपी राजमार्ग, मकवानपुरमा कान्तिलोकपथ, सिन्धुपाल्चोकमा अरनिको राजमार्ग, रसुवामा त्रिशूली मैलुड सडक, नुवाकोटमा मध्यपहाडी लोकमार्ग बाढी पहिरोले प्रभावित भएको छ।
त्यसैगरी धादिङमा टोका छहरे सडक खण्ड र दामन पाख्रिन सडक, रोल्पामा घोराही थवाङ रुकुम र रुकुम पश्चिममा जाजरकोट डोल्पा सडक खण्ड पनि अवरुद्ध छ।त्यस्तै पाल्पा, मनाङ, बागलुङ, बागलुङ, मुस्ताङ लगायतका ठाउँमा बाढीपहिरोको कारण सडकमा एकतर्फी मात्रै गाडी चलेका छन्।






































