दृष्य अदृष्य शक्तिको बलमा प्रधानमन्त्री
त्यसैले संसदप्रति अविश्वास
वि.सं.२०८३ साउन ७ बिहीवार ११:३०
shares

काठमाडौ । लोकतान्त्रिक व्यवस्थामा संसदबाटै प्रधानमन्त्री चुनिने व्यवस्था रहकाले गर्दा प्रधानमन्त्री संसदप्रति उत्तरदायी रहनुपर्ने विश्वव्यापी सिद्धान्त भएपनि पछिल्लो समयमा रास्वपा नेतृत्वको प्रधानमन्त्री सालेन साह संसदप्रति उत्तरदायी देखिएका छैनन् । उनी जसरी भएपनि संसद छल्ने कार्यमा सक्रिय रहेका छन् ।
विगतको पञ्चायतीय व्यवस्थामा सरकारको नीति तथा कार्यक्रमलाई राजाले सम्बोधन गर्ने र राजाले सम्बोधन गरेका नीति तथा कार्यक्रममा उठेको प्रश्नको जवाफ प्रधानमन्त्रीले संसदमा उत्तर दिने गरिन्थ्यो । तर आजको लोकतान्त्रिक व्यवस्थामा प्रधानमन्त्रीले आफ्नै नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन प्रधानमन्त्री साह तयार देखिएन त्यसैले प्रमाणित हुन्छ प्रधानमन्त्री साह लोकतान्त्रिक व्यवस्थापति आस्था राख्दैनन् भनेर ।
लोकतान्त्रिक व्यवस्थाको प्रयोगको सुरु बेलायतबाट भएको हो । सबै एसियाली मुलुक र अफ्रिकी मुलुकले त्यसको अनुकरण गरिरहेका छन् । संसदीय व्यवस्थामा संसदले प्रधानमन्त्री छान्ने हो । त्यसैले संसद र प्रधानमन्त्री भनेका एक अर्काको परिपुरक हुनु । तर पछिल्लो समयमा हामीकहाँ भने विडम्वना देखिएको छ । आज हाम्रो राजनीतिक प्रणालीको चरित्र व्यवस्थापकीय अराजकतातर्फ उन्मुख हुँदै गएको छ ।
किनकी प्रधानमन्त्रीले संसद छल्ने र सरकार चलाउने नयाँ शैलीमा लागेका छन् । अमेरिमामा प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली भएपनि अमेरिकामा राष्ट्रपति सँधै संसदको सम्पर्कमा आइरहेका हुन्छन् । चाहे उनको विरोध किन नहोस् ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प भने बढी सक्रिय रहेका छन् । उनी सञ्चारकर्मीसँग सँधै बोलिरहेका हुन्छन् । लोकतन्त्रको अभ्यास गराउने कार्यमा उनी सक्रिय रहेका देखिन्छ । तर हामीकहाँ भने प्रधानमन्त्री कुनै अँध्यारो कोठामा बसेर आफ्ना केही सल्लाहकारको सल्लाहमा मात्र अघि बढिरहेका छन् । उनी सञ्चारकर्मीसँग बोल्न कहिल्यै तयार हुँदैनन् । उल्टो सञ्चारमाध्यमलाई बन्द गराउन सरकारी सञ्चार माध्यम बाहेक निजी क्षेत्रको सञ्चार माध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय गरेर सञ्चारमाध्यलाई धराशयी बनाउने कार्यमा सक्रिय रहेका छन् ।
बालेन सरकार जेनजी विद्रोहको अप्रत्याशित उत्पादन नै हो । त्यसैले आज देशमा बालेन सरकार रहेको छ । भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यको उपज नै बालेन सरकार हो । भाद्र २३ र २४ गतेको घटनमा रास्वपा लगायतका विभिन्न शक्तिहरु दृश्य अदृष्य रुपमा संलग्न भएका थिए । तत्कालिन सरकारले रास्वपाको सभापति रवि लामिछानेमाथि सहकारी ठगीको मुद्दा चलाएको थियो । उनी पुर्पक्षका लागि जेलमा रहेका थिए ।
उनलाई भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शनले जेलमुक्त गराएको थियो । भाद्र २३ र २४ गतेको घटनामा संलग्न रहेकाहरु सबै रास्वपामा प्रवेश गरेका र उनीहरु नै सांसद बनेका छन् । त्यही मेसोमा बालेन साह समेत रास्वपामा प्रवेश गरेर निर्वाचित भएका हुन् । तर उनी काठमाडौ महानगरको मेयर रहँदा उनले देखाएको व्यवहरा र उनले लेखेका स्टाटसहरु भित्र षड्यन्त्रको गन्ध लुकेको थियो । उनलाई मुलुकभित्रै कै दृश्य र अदृश्य शक्तिले सहयोग गरेर सत्ताको नेतृत्वमा पु¥याएका हुनाले उनी संसदप्रति विश्वास गर्दैनन् भने प्रतिशोधका राजनीतिमा मात्र रमाउन थालेका हुनाले रास्वपा साँच्चिकै राजनीतिक पार्टी हो भने उसले अब साच्ने बेला आएको छ के रास्वपा पाँच वर्षपछि फेरी जनतामा जानु पर्दैन र ? त्यसको हेक्का सभापति लामिछानेलाई होस् ।





































