कांग्रेसले ‘एनसी फर एनसी’ अभियान घोषणा गर्यो
वि.सं.२०८३ साउन ७ बिहीवार १७:१४
shares

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ अभियान घोषणा गरेको छ ।
बीपी कोइरालाको ४४ औँ स्मृति दिवसका अवसरमा बिहीबार राष्ट्रिय सभागृहमा आयोजित ‘नवीन परिस्थिति, नवीन संकल्प, नवीन अभियान’ घोषणा कार्यक्रममा सभापति गगन थापाले यो अभियानको घोषणा गरेका हुन् ।
यसको उद्देश्य नेपाली कांग्रेस फर नेशनल कज हुने बताए । यो अभियान भदौ २४ गते विश्वेश्वर कोइरालाको जन्म जयन्तीका अवसर पारेर सुरुवात गरिने थापाले बताए ।




































