गत फागुन २१ गते भएको संसदको निर्वाचनमा झण्डै दुई तिहाई मत ल्याउन सफल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रास्वपा असफलताको मार्गतर्फ उन्मुख ?

156
shares

 

काठमाडौ । निर्वाचनमा झण्डै दुई तिाई मत पाएको रास्वपा नेतृत्वको बालेन सरकारका केही निर्णयहरुको विरोध सुरु भएको छ । रास्वपाभित्र पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता रहेका प्रधानमन्त्री बालेन साह पक्षका सांसदहरु नै एकले अर्कोलाई विरोध गर्न लागि परेका छन् । संसदमा त्यस्तो अभ्यास सुरु भएपछि प्रधानमन्त्री साह असन्तुष्ट रहेका छन् ।
सभापति पक्षका उपसभापति रहेका अर्थमन्त्री स्वर्णिम वाग्ले लगायतका अन्य केही मन्त्रीहरुको काम कारबाहीलाई लिएर सभापति लामिछाने पक्षका सांसदहरुले संसदको बैठकबाटै सरकारको विरोध गरेपछि संसदको बैठक नै झण्डै दुई हप्ताका लागि स्थगित गरिएको छ ।
अर्थमन्त्री वाग्लेले स्वास्थ्य, विद्युत, शिक्षा लगायत शवमा समेत कर लगाएपछि सांसदहरुले मात्र होइन जनस्तरबाटै त्यसको व्यपाक विरोध भएको छ । जनता महंगीको मारमा परेका बेला थप करले जनतामा समेत आक्रोश बढेको छ । संविधानले माध्यामिक तह सम्मको शिक्षा र स्वास्थ्य, निशुल्क भनेपनि यी दुवैमा कर थोपरिएको छ भने मुर्दालाई समेत कर लगाइएको छ ।
सरकारी विद्यालयहरुमा भन्दा निजी विद्यालयमा धेरै विद्यार्थीहरु अध्ययनरत रहेकोले उनीहरुलाई समेत करको दायरामा ल्याएर अभिभावकहरुमाथि थप कर लगाएको थियो भने अहिले आएर त्यसलाई सरकारले फिर्ता लिएको भनिएपनि त्यो स्थगित मात्र गरिएको हो कि फितै लिइएको हो त्यो प्रष्ट भइसकेको छैन ।
प्रधानमन्त्री साहको काम कारबाही र उनको सचिवालमा रहेका व्यक्तिहरुले सरकारी निकायमा अनावश्यक हस्तक्षेप गर्ने गरेका हुनाले कर्मचारितन्त्र समेत रुष्ट हुँदै गएको बेला सरकारले वरिष्ठ सचिवहरुलाई पन्छाएर कनिष्ठ सचिवलाई मुख्य सचिवमा नियुक्त गरेपछि अनुभवी वरिष्ठ सचिवहरु केहीले राजिनामा दिने सोँच बनाएका छन् भने केही लामो विदामा बसेका छन् ।
मन्त्रीहरुलाई प्रधानमन्त्री साहले विश्वास गर्न नसकेका र केही मन्त्रीहरुले आफ्नो मन्त्रालयभित्रको संघ संस्थामा अनावश्यक हस्तक्षेप गरेका र मन्त्रालयका माताहतमा रहेका विभाग कार्यालय अन्र्तगत पर्ने निकायहरुमा हस्तक्षेप गरेका हुनाले सरकारको विरोध हुँदै आएको छ । जान्नेलाई छान्ने भन्ने रास्वपाको नारा नारामै सिमित भएपछि सभापति लामिछाने समेत असन्तुष्ट रहेको रास्वपाकै सांसदहरुले बताउँदै आएका छन् ।
खास गरेर अर्थमन्त्री वाग्ले सूचना तथा सञ्चारमन्त्री विक्रम तिमल्सिना, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरी यादव, पर्यटन मन्त्री खडगराज पौडेल (गणेश) लगायतका अन्य केही मन्त्रीहरुप्रति प्रधानमन्त्री साह असन्तुष्ट रहेका छन् भने सभापति लामिछाने सहितका केही नेताहरु भने प्रधानमन्त्री बालेन साहका सचिवालयमा रहेका व्यक्तिहरु प्रति रुष्ट रहेकाले गर्दा रास्वपामा खिचडी पाक्दै गएको आभास पाउन थालिएको छ ।
प्रधानमन्त्री साहले अर्थमन्त्री वाग्लेलाई वाइपास गरेर उद्योगी, व्यवासायी र बैकरहरुसँग बेग्लाबेग्लै भेटघाट गरिरहनुको अर्थ हो प्रधानमन्त्री साह अर्थमन्त्री प्रति रुष्ट रहेको सन्देश सभापतिलाई दिनु । यस कारणले गर्दा प्रधानमन्त्री साहले मन्त्रिपरिषद्को पुर्नगठन गर्नुपर्ने सन्देश सभापतिलाई दिइरहेका छन् । झण्डै दुई तिहाईको सरकार गठन भएको ४ महिना नपुग्दै विवादको घेरामा पर्नु भनेको रास्वपाको असफलता नै मानिनुपर्दछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports