सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

लोकतन्त्र हो कि इन्द्रजात्राको लाखे नाच ?

520
shares

राजन कार्की –
पार्टीहरुको अधिवेशन देखियो । एमालेमा उही पुरानो गोरुले कोरली गाई ओटेको दृश्य चितवनमा देखियो । काठमाडौंमा राप्रपामा एउटा सभापतिको परिवर्तन भयो, नेपाली कांग्रेसमा दुई महामन्त्रीको । माओवादी सम्मेलन गर्दैछ, केही फरक पर्नेवाला छैन । अर्थात् परिवर्तनको १५ वर्षको असफलतापछि पनि उही पुरानै नेतृत्व । बुढाहरु उग्राइरहेछन्– उही थोते दाँत देखाएर । अग्रगमन, परिवर्तन, समृद्ध नेपाल, सुखी नेपाली । आमनागरिकले देख्ने सपना हो, नेतृत्वले देखाउने सोम शर्माले झैं सपना नै हो ।

कहिले पूरा नहुने सपना देखेर कहिलेसम्म लोकतन्त्रको नारा फलाकीरहने ?
इन्द्रजात्रामा लाखे नाच र लोकतन्त्रमा बाँदरको हातमा नरिवल जस्तो दृश्य नेपालको राजनीतिक वर्तमान हो ।
हामी बाँदरबाट मान्छे त भयौं, मान्छेमा हुनुपर्ने विवेकलाई बिर्सेर बाँदर प्रवृत्तिको विकास गरिरहेका छौं । नागरिकमा चेत छ, त्यो चेत विवेकशील बन्न सकेको छैन ।त्यसैले राजनीतिक नेतृत्वले रत्नपार्कमा चटकेले झैं लोकतान्त्रिक शासन प्रणालीमा चटक देखाइरहेका छन् र नागरिक हेरेर ताली पिटिरहेका छन् । हुन त नागरिक छरिएका छन्, ताली पिट्ने जमात ठूलो छ । ती ताली पिट्ने पार्टीका कार्यकर्ता हुन्, जो विवेकलाई बन्दकी राखेर स्वार्थको घोडा चढेर बुर्कुसी मारिरहेका छन् । यस्तो देशमा के को अग्रगमन, के को समृद्धि ?

१९४७ मा भारत स्वतन्त्र हुँदा महात्मा गान्धी युगनायक थिए । उनले चाहेको भए देश हाँक्नसक्थे । आफूलाई सम्मानको शिखरमा विश्राम दिए, त्यसैले उनी भारतका वापु बनेका छन् ।१९४५ देखि १९७६ सम्म चीनमा माओ महान थिए, देवदूत थिए । उनलाई लाग्यो सांस्कृतिक क्रान्तिमा जनतामाथि अत्याचार भयो । उनले घुँडा टेकेर जनतासँग माफी माँगे । त्यसैले माओ महान मानिन्छन् । यद्यपि देङ्ले खुला कम्युनिजमको नीति लिएपछि देङ्का अनुयायी सी चिनफिङ् आधुनिक चीनका विश्वनेता बनेका छन् ।विश्वशक्ति अमेरिकामा डोनाल्ड ट्रम्प अमेरिका फस्ट भन्दैथिए, उनका अहंकारलाई अमेरिकीले मन पराएनन्, उनलाई ह्वाइट हाउसबाट सडकमा मिल्काइदिए अमेरिकीले ।

परिवर्तन यस्तो हुन्छ । नेतृत्व त्यस्तो हुन्छ । २०६३ सालमा वसन्त परिवर्तन आयो, नेपालको बगैंचामा फुलेको फूल पनि झ¥यो । यस्तो पनि परिवर्तन हुन्छ ? लोकतन्त्र कति मीठो शब्दको परिवर्तन भयो, यो परिवर्तनलाई नेतृत्वले बपौति बनाइदिए । १५ वर्ष अघि जुन पार्टी थिए, आज पनि तिनै छन्, जुन जुन नेता थिए, आज पनि तिनै छन् । तिनीहरु न नीति, न व्यक्ति, न चरित्र बदल्न चाहन्छन् । उही भ्रष्ट मनोवृत्ति आज पनि कायम छ । सिङ्गो लोकतन्त्र अनीति, अत्याचार, भ्रष्टाचारमा चुर्लुम्मै डुबाइएको छ । यस्ता नेताहरु समाजवाद भन्छन्, सर्वहारावाद भन्छन्, लोकतन्त्र कार्यान्वयन भयो भन्छन्, यथार्थमा बर्बादतन्त्रमात्र कार्यान्वयन भइरहेको छ । बर्बादी कसरी लोकतन्त्र हुनसक्छ, कसरी समृद्धतिरको अग्रसरता हुनसक्छ ? नेता भ्रम छरिरहेका छन्, नागरिक भ्रमित भइरहेका छन् । कहिलेसम्म यस्तो हुन्छ, राष्ट्र असफल राष्ट्रको निकट पुगिसक्यो ।

उज्यालो र अन्धकार मान्छे आफै हो, यी उदाहरणबाट हाम्रा नेताले शिक्षा लिएनन्, परिणाम नेताहरू बादशाह बनेका छन्, मतदाता कमाराको भन्दा गएगुज्रेको जीवनयापन गर्न बाध्य पारिएका छन् । जनाधिकार र समाजवादजस्तो हीरालाई हाम्रो नेतृत्वले कीरा बनाइदिए ।
चेतना रहोस्, ५ जेठा राष्ट्रहरू मध्येको नेपाल, २०६२ सालमा दिल्लीको १२ बुँदे सम्झौतामा के पछारियो माओको रेडबुक र समाजवादको सिरान हालेर सुतेको नेपाल १४ वर्षमै खङ्गङ्गै सुकेर डङ्रङ्गै लड्ने अवस्थामा पुगिसक्यो । नेपाललाई चीन र अमेरिकाले दपेटेर भात खाउँ कि थाल खाउँ बनाइरहेछ । भारत नेपालको यो छटपटीलाई रमाइलो मानेर हेरिरहेको देखिन्छ । नेपालमा लोकतान्त्रिक समाजवाद र वैज्ञानिक कम्युनिजम छेपारा हुन् कि छेराउटी ? मौसमअनुसारको ट्यूनिक फेरेको फे¥यै छ । राष्ट्रमा कस्तो सकस हो यो ?

जनतलो जिम्मेवारी त दिएकै हो, जिम्मेवारी लिनेले जवाफदेही नबनिदिएपछि, नैतिकता बेचेर जिब्रोको स्वाद बनाइदिएपछि जनताको पनि केही नलाग्नेरहेछ ।
जुन व्यक्ति राष्ट्रलाई प्रेरणा दिन्छ, राष्ट्रहितमा काम गर्न प्रेरित गर्छ, त्यो असली नेता हो । जुन व्यक्ति लेण्डुप, मिरजाफर प्रवृत्तिको बीउ रोप्छ, त्यस्ताबाट विस्मार्कको राष्ट्रवाद खोज्नु मूर्खता हो । नेपालीले सून र पित्तल छुट्याउन सकेनन्, भूल यही गर्नाले आज राष्ट्र र जनताले महगो मूल्य चुकाइरहेका छन् । लोकतन्त्र मानवीय सभ्यता र संस्कृति हो । त्यो सभ्यता र संस्कृति नेपाली राजनीतिमा स्थापित गर्ने प्रयत्न कुनै नेताले गरेनन् । सडकदेखि पार्टीसम्म, संचेतनदेखि संसदसम्म, अड्डादेखि अदालतसम्म सुधारका आवाज उठ्छन् र पानीका फोका फुटेजसरी फुट्छन् । जबसम्म शासक प्रशासकहरू स्वार्थभन्दा देश ठूलो ठान्न सक्दैनन्, तिनीहरू भनेका सुकुलगुण्डाहरू नै हुन् । किनभने म्याद नाघेको औषधि र इमान छाडेको नेता विष बर्गमा पर्छन् । विषको धर्म समाप्त पार्नु हो । वर्तमान नेतृत्व विष समान बन्नाले देश मरिरहेछ, जनता मरिरहेका छन् । विधिको शासन र लोकतन्त्र सडकमा बेवारिसे बन्न पुगेको छ ।
जेठो राष्ट्र नेपालको कन्तबिजोग भयो । सम्हाल्ने कसले ?

 

इतिहासविदलाई थाहा छ, जनताको समर्थन र लोकप्रियताको गलत प्रयोग गरेका कारणले खु्रश्चेव अन्ततः नूनखानीमा लखेटिएका थिए । १५ वर्ष भयो नेपाली जनताको भर विश्वास, समर्थन र जनबल जनमतलाई वर्तमान नेतृत्वले सदुपयोग गर्न सकेका छैनन् । यी ख्रुश्चेवका आधुनिक अवतारहरुलाई जनताले लखेट्ने कहिले ? जबसम्म आफ्नो मतको मूल्य जनताले खोज्ने छैनन्, तबसम्म यो छाडा साँडे प्रवृत्तिको अन्त हुनेछैन । राजनेताको प्रादुर्भाव पनि हुनेछैन ।
यो कस्तो देश हो, नेता जनताको करको तलव खाने माष्टरलाई राजनीति गर्न प्रेरित गर्छ । विश्वविद्यालयहरुमा पार्टीका कार्यकर्तालाई प्रशासक बनाउँछ, भर्तिकेन्द्र खोल्छ । युवालाई विदेश निकासी गर्छ र लेवी काट्छ । गुण्डालाई पार्टीमा, चुनावमा नेता बनाउँछ र विधि निर्मातातहमा पु¥याउँछ । अझ कमिशन

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports