नेपालको संविधानको धारा ७६ को (१७) ले प्रधानमन्त्री र मन्त्रीहरुलाई सदनप्रति उत्तरदायी हुनुपर्दछ...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भ्रष्ट्राचारको जालो बढार्ने दुर्लभ अवसर

468
shares

 

नेपालको राजनीति भनेकै सत्ता, षडयन्त्र र भ्रष्टाचार हो । नेपाल सानो छ, कमजोर छ । विश्वशक्तिको चलखेल बढ्न थालेको छ । नीतिमै कमजोरी छ भन्ने भाष्य सम्पूर्ण सत्य होइन । भूगोल, भूराजनीति, आर्थिक सिमितता अनेक समस्या छन् तर नेपालको सबैभन्दा गहिरो घाउ जसले पिरोलिरहेको छ त्यो हो, भ्रष्टाचार, राजनीतिक अनैतिकता । यही दीर्घरोगले नेपालको सुशासन, विकासमा ऐंजेरु लागेको हो । राज्य लथालिङ्ग हुनपुगेको हो ।
कुनै बेला चाल्र्स शोधराज भन्ने अन्तर्राष्ट्रिय रुपमै बिकिनी किलर भनेर बदनाम पात्रलाई कसैले पक्राउ गर्न सकेन । नेपाल प्रहरीले पक्राउ गरेर कानुनी नेल ठोक्यो । उनी भन्थे– नेपालको शासनलाई किन्न सकिन्छ, पैसा दियो भने एयरपोर्टबाट हात्ती पनि छिराउन सकिन्छ । यो भनाईले नेपालको राजनीतिक असक्षमताको अनुमान गर्न सकिन्छ ।
भ्रष्टाचारले राज्यका सबै अंग अंग सरुवा क्यान्सर बनेर गलित बनाइरहेको स्थितिको बिद्रोह युवाले गरे, युवालाई जनताले साथ दिए र आजको परिवर्तन आएको छ । यो परिवर्तन यस्तो बेला आएको छ, विश्वअर्थतन्त्रमा नेपाल ग्रेलिष्टमा परिसकेको छ, ४ महिनाभित्र सुधान नगरेर ब्ल्याक लिस्टमा पर्नेवाला छ । युरोपमा नेपालको ध्वजाबाहक उड्न रोक लागेको दुई दशक भइसक्यो । राज्यक्षमता नभइ भएको छैन, दीर्घकालीन रणनीतिक स्थायित्वमा संरचनागत सुधार गर्नुछ । कूटनीतिमा गतिलो कदम चाल्नुछ । राजनीति, प्रशासन र अपराधिक–व्यापारिक साँठगाँठको सम्बन्ध तोड्नुछ, यो डरलाग्दो प्रदूषणलाई निर्मलीकरणमा नै नेपालको अस्तित्व निर्भर छ ।
एकप्रकारले भन्नुपर्दा नेपालको राजनीतिक र प्रशासनिक ऐन फुटेको स्थिति छ । ऐना सग्लो नभएसम्म नेपाल के कस्तो हो स्पष्ट देख्न सकिन्न, दुविधा हट्दैन । अहिलेको परिवर्तन चानचुने परिवर्तन होइन । यो परिवर्तनले समूल दुरावस्थालाई सुव्यवस्थामा परिवर्तन ल्याउनु छ । यसकारण नेपाल कालजयी परीक्षामा छ ।
नेपालको यो परिवर्तनका साथसाथै पेण्डोराको बाकस खुलेजस्तो भएको छ । राज्यका समूल सञलमा दुषित, विषालु किटाणुहरु सलबलाउन थालेका छन् । अपराधमाथि राजनीतिक संरक्षणवाद, प्रशासनिक विवेकहीनता, र अपराधिक–व्यापारिक कसिलो साँठगाँठको संयोजन, जसले नेपाललाई डसिरहेको छ । नेपाली राज्य र जनजीवन जिवन्त पार्ने दायित्व परिवर्तनकारीहरुका मुख्य चुनौती हुन् ।
विवेक भन्ने कहीँ पनि छैन । जता पनि राजनीतिकरण, अपराधिकरण । राजनीति भनेको कुतत्वहरुले साँठगाँठ गरेर चोखिन नुहाउने बाइसधारा बनेको छ । यसकारण विद्यार्थीले पढुन्, कर्मचारीले काम गरुन्, दलालीतन्त्रको जरा उखेलिउन् भन्ने निर्णयहरु सरकारले गरेको छ । तर पुराना दलहरु अझै पनि जता पनि टे«ड युनियन, राजनीतिकरण बचाउने अन्तिम प्रयास गरिरहेकै छन् ।
द्वन्द्व पुरानै लुटतन्त्र र बिकृति कायम राख्ने कि सबैले आआफ्ना कर्तव्य पूरा गर्ने स्वच्छता स्थापित गर्ने भन्ने छ । यो तानातान सफल भयो भने परिवर्तन सार्थक हुनेछ । राज्यले डेलिभरि दिन सक्षम हुनेछ । पुरानाले जिते भने भताभुङ्गताले देशलाई असफल पार्नेछ । नयाँ शक्ति सफल हुन्छ कि हुन्न ? नयाँ शक्तिले कम्मर कसेकाले यतिबेला परिदृश्य अचम्म अचम्मका देखिन थालेका छन् ।
नयाँ शक्ति सर्वत्र कायम युनियनहरू, प्रशासन, र ठेकेदारहरूलाई जोड्ने दलाल सञ्जाल फोड्न लागिपरेको छ । खरिद निर्णय, नियामक कार्यान्वयन, र विकास प्राथमिकतामा बाँचेको भाइरस हटाउन लागिपरेको छ । बजेट र विकास जनताको हातमुखसम्म पुग्ने र राज्यलाई लोककल्याणकारी बनाउनै पर्छ भनेर व्यवस्था मिलाउँदैछ । यसकारण भ्रष्ट र स्वार्थी तत्वहरु निकै आक्रोसित छन् । सबैभन्दा भयानक आक्रोश २०९२ सम्म को को प्रधानन्यायाधीश बन्ने भन्ने सेटिङ् भत्केपछि र नदी किनारका हुकुमवासीको उठिबास भएपछि सडकमा देखिन थालेको छ । दशैं अघि नै खास सुकुमवासीलाई लालपूर्जा बाँड्ने र त्यतिञ्जेल खाना खर्च दिने निर्णय सरकारले गरिसकेको छ । बहुदलको ३७ वर्ष र लोकतन्त्रको १८ वर्ष जुका बनेर राज्यकोष र जनता चुसेकाहरु राज्यले केही गरेन भनेर बिरोध गर्दै आत्मरती गरिरहेका छन् । आत्मरती गर्नेहरुले नयाँ सरकारले पाउनै पर्ने हनिमून समय सय दिन पनि दिएनन् । हरेक दिन सडक, संसद, सञ्चार माध्यमबाट सरकार ढाल्न राजीनामा दे भनेर उग्र नारा लगाइरहेका छन् ।
इतिहासमै पहिलोपल्ट संसदमा प्लेकार्ड प्रदर्शन गरेका छन् । तिनले नै बनाएको कानुनअनुसार चल्दा पनि प्रधानमन्त्री खोई भनेर प्रश्न गरिरहेका छन् । जबकि प्रधानमन्त्री काम गर्न आएको, मलाई काम गर्न देउ भनिरहेका छन् । प्रधानमन्त्रीले अबको डेढ महिनामा केही ठोस काम गरेपछि संसदबाट आफ्नो अभिव्यक्ति दिने मनस्थिति बनाइरहेको सूचना रास्वपाले नै सार्वजनिक गरेको छ ।
राजनीति र प्रशासनमा सरकारले आँधी ल्याएको छ । यो आँधीको प्रभावका कारणले तलवजीवीहरु सेवा दिनैपर्ने बाध्यतामा पुगेका छन् । अनावश्यक खर्च कटौती हुँदैछन् । १५ गते सवल बजेट आउने विश्वास गरिएको छ । कतैबाट पनि प्रजातन्त्रमा आँच नआउने र निरंकूशता नअपनाउने प्रष्टता सत्तारुढ दलले प्रष्ट पारिसकेको छ । राजनीतिक अर्थशास्त्री र विश्लेषकहरु भन्छन्– नागरिकको अपेक्षा र राज्यको वितरणवीचको खाडल पुरिनेछ । यो सरकारले छलाङ मार्न थालिसकेको छ । दलालतन्त्रको मृत्यु देखिन थालिसकेको छ ।
सत्ताको करिडरमा बसेर जो मण्डी ओढेर घ्यू खाइरहेका थिए, तिनीहरु बान्ता गर्न थालिसकेका छन् । राइट म्यान राइट प्लेस, जनताप्रति जवाफदेहीता, क्षमता र दक्षताको कदर, अवसरको सिर्जना, समानता र न्यायको अनुभूति हुन थालेका छन् । पुँजीको सही उपयोग, उद्यमशीलतालाई प्रोत्साहन, उत्पादनशीलताको अभिवृद्धि, वैदेशिक लगानीलाई आकर्षण र सवल परराष्ट्रनीतिले आन्तरिक र बाह्य जगतमा नेपालको घट्दो इज्जत बिनष्ट हुनेक्रम छ । पहिलोपल्ट प्रधानमन्त्रीले आन्तरिक व्यवस्थापन नगरी विदेश भ्रमण नगर्ने, विशिष्टले उपचारका नाममा राजस्व लुट्ने, अनावश्यक सेवा सुविधाको कटौती गर्ने र पार्टीका कार्यकर्ता पाल्ने परिपाटीको क्रमसः अन्त्य गर्ने आँट देखाएको छ । अर्थात जनताले खोजेको सेवा प्राप्ति र अपेक्षाको परिपूर्तिको परिवर्तन देखिन थालेका छन् ।
जोखिम अत्यधिक छ, तर सरकार जोखिमसँग जुधिरहेको छ ।
प्रजातन्त्र बेलायतबाट पोषित छ । बेलायतमा संविधान छैन तर नैतिकताबाट त्यो पद्धति चलिरहेको छ । नयाँ सरकारले त्यही परिपाटी अंगीकार गर्न आकर्षित भइरहेको छ । त्यो पद्धति बस्यो भने नैतिकता र जवाफदेहीताको अपूर्व परिदृश्य देख्न पाइनेछ । नेपालजस्ता मुलुकले राजनीतिक, आर्थिक, कूटनीतिक, सामाजिक सबै क्षेत्रमा विकसित हुनका लागि यिनै गुण अत्यावश्यक छन् । यही अनुसार राष्ट्रिय नीति बनाउन सकियो भने जनताले खोजेको र रोजेको परिवर्तन सार्थक हुने पक्का छ ।
ब्राजिलदेखि हाइटीसम्म अनेकन भ्रष्टाचारका काण्ड देखिए । काण्डहरुको अनुसन्धान भयो र राजनीतिक, प्रशासनिक र व्यापारिक व्यक्तिहरुले जेलको हावा खानुप¥यो । विश्वका अनेक मुलुकमा भ्रष्टाचारका ठूला ठूला काण्ड भएका छन् र छानबिनपछि दण्डित पनि गरिएका छन् । नेपालमा त भ्रष्टाचारका प्रकरणहरु बिस्कुन हाल्न पुग्नेछन् । संसदमै कुरा उठेका छन्, ६ दर्जन भ्रष्टाचार काण्डको छानबिन होस् । कतिपय काण्ड त महालेखा परिक्षकको रिपोर्टमा छन् । अब टालटुल पारेर ती काण्डहरु लुक्नसक्ने छैनन् । ती काण्डहरुमाथि अनुसन्धान र दण्ड नदिएसम्म नेपालमाथि लागेको ग्रेलिस्टको दाग धुन सकिनेछैन । यसकारण त सरकारले ०४६ साल पछिका सत्ता र शक्तिमा बसेकाहरुको सम्पत्ति छानबिन गर्न थालेको छ । प्रधानमन्त्री स्वयम्ले आफूमाथिसमेत छानबिन गर्न भनेका छन् ।
भ्रष्टाचार पद्धति बनिसकेको छ, त्यसबाट मुक्ति जरुरी छ ।
हो, जोखिम छ । जोखिम मोलेरै यो सरकार गठन भएको छ । यो सरकारलाई अपार जनादेश छ । यो सरकारले गर्न नसक्ने केही पनि छैन । देशका लागि, जनताका लागि केही गर्न आएको सरकारले परिवर्तनकारी काम गर्नैपर्छ । यसैलाई भनिन्छ, सुवर्ण अवसर । यही अवसरको उपयोग गरेर भ्रष्टाचार र जनविरोधी जराहरु उखेल्नुपर्नेछ ।
सरकारको सुधार गर्ने गति तिब्र छ । यो तीब्रता रोकिनु हुन्न । हतार गर्दा चिप्लिने भय हुन्छ, त्यसतिर सुधार चाहनेहरुले सही सूचना, सुझाव दिनुपर्छ । जो मर्न डराउँदैन, उसले केही गर्छ । रास्वपा र सरकारको नेतृत्वमा जो छन्, उनीहरु देश र जनताका लागि मर्न डराउन्न भनिरहेका छन् । तिनले जनादेश पाएका छन्, जनताको साथ छ, यस्तो अवसर जोकोहीले पाउँदैनन् ।
कविले लेखेका पनि छन्–
एक युगमा एक दिन आउँछ । हो, नेपालको इतिहासमा वर्तमान कालखण्ड एक युगमा आएका एक दिन हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports