गत फागुन २१ गते सम्पन्न भएको संघीय संसद प्रतिनिधिसभाको निर्वाचनमा झण्डै दुई तिहाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भ्रष्ट्राचारको जालो बढार्ने दुर्लभ अवसर

975
shares

 

नेपालको राजनीति भनेकै सत्ता, षडयन्त्र र भ्रष्टाचार हो । नेपाल सानो छ, कमजोर छ । विश्वशक्तिको चलखेल बढ्न थालेको छ । नीतिमै कमजोरी छ भन्ने भाष्य सम्पूर्ण सत्य होइन । भूगोल, भूराजनीति, आर्थिक सिमितता अनेक समस्या छन् तर नेपालको सबैभन्दा गहिरो घाउ जसले पिरोलिरहेको छ त्यो हो, भ्रष्टाचार, राजनीतिक अनैतिकता । यही दीर्घरोगले नेपालको सुशासन, विकासमा ऐंजेरु लागेको हो । राज्य लथालिङ्ग हुनपुगेको हो ।
कुनै बेला चाल्र्स शोधराज भन्ने अन्तर्राष्ट्रिय रुपमै बिकिनी किलर भनेर बदनाम पात्रलाई कसैले पक्राउ गर्न सकेन । नेपाल प्रहरीले पक्राउ गरेर कानुनी नेल ठोक्यो । उनी भन्थे– नेपालको शासनलाई किन्न सकिन्छ, पैसा दियो भने एयरपोर्टबाट हात्ती पनि छिराउन सकिन्छ । यो भनाईले नेपालको राजनीतिक असक्षमताको अनुमान गर्न सकिन्छ ।
भ्रष्टाचारले राज्यका सबै अंग अंग सरुवा क्यान्सर बनेर गलित बनाइरहेको स्थितिको बिद्रोह युवाले गरे, युवालाई जनताले साथ दिए र आजको परिवर्तन आएको छ । यो परिवर्तन यस्तो बेला आएको छ, विश्वअर्थतन्त्रमा नेपाल ग्रेलिष्टमा परिसकेको छ, ४ महिनाभित्र सुधान नगरेर ब्ल्याक लिस्टमा पर्नेवाला छ । युरोपमा नेपालको ध्वजाबाहक उड्न रोक लागेको दुई दशक भइसक्यो । राज्यक्षमता नभइ भएको छैन, दीर्घकालीन रणनीतिक स्थायित्वमा संरचनागत सुधार गर्नुछ । कूटनीतिमा गतिलो कदम चाल्नुछ । राजनीति, प्रशासन र अपराधिक–व्यापारिक साँठगाँठको सम्बन्ध तोड्नुछ, यो डरलाग्दो प्रदूषणलाई निर्मलीकरणमा नै नेपालको अस्तित्व निर्भर छ ।
एकप्रकारले भन्नुपर्दा नेपालको राजनीतिक र प्रशासनिक ऐन फुटेको स्थिति छ । ऐना सग्लो नभएसम्म नेपाल के कस्तो हो स्पष्ट देख्न सकिन्न, दुविधा हट्दैन । अहिलेको परिवर्तन चानचुने परिवर्तन होइन । यो परिवर्तनले समूल दुरावस्थालाई सुव्यवस्थामा परिवर्तन ल्याउनु छ । यसकारण नेपाल कालजयी परीक्षामा छ ।
नेपालको यो परिवर्तनका साथसाथै पेण्डोराको बाकस खुलेजस्तो भएको छ । राज्यका समूल सञलमा दुषित, विषालु किटाणुहरु सलबलाउन थालेका छन् । अपराधमाथि राजनीतिक संरक्षणवाद, प्रशासनिक विवेकहीनता, र अपराधिक–व्यापारिक कसिलो साँठगाँठको संयोजन, जसले नेपाललाई डसिरहेको छ । नेपाली राज्य र जनजीवन जिवन्त पार्ने दायित्व परिवर्तनकारीहरुका मुख्य चुनौती हुन् ।
विवेक भन्ने कहीँ पनि छैन । जता पनि राजनीतिकरण, अपराधिकरण । राजनीति भनेको कुतत्वहरुले साँठगाँठ गरेर चोखिन नुहाउने बाइसधारा बनेको छ । यसकारण विद्यार्थीले पढुन्, कर्मचारीले काम गरुन्, दलालीतन्त्रको जरा उखेलिउन् भन्ने निर्णयहरु सरकारले गरेको छ । तर पुराना दलहरु अझै पनि जता पनि टे«ड युनियन, राजनीतिकरण बचाउने अन्तिम प्रयास गरिरहेकै छन् ।
द्वन्द्व पुरानै लुटतन्त्र र बिकृति कायम राख्ने कि सबैले आआफ्ना कर्तव्य पूरा गर्ने स्वच्छता स्थापित गर्ने भन्ने छ । यो तानातान सफल भयो भने परिवर्तन सार्थक हुनेछ । राज्यले डेलिभरि दिन सक्षम हुनेछ । पुरानाले जिते भने भताभुङ्गताले देशलाई असफल पार्नेछ । नयाँ शक्ति सफल हुन्छ कि हुन्न ? नयाँ शक्तिले कम्मर कसेकाले यतिबेला परिदृश्य अचम्म अचम्मका देखिन थालेका छन् ।
नयाँ शक्ति सर्वत्र कायम युनियनहरू, प्रशासन, र ठेकेदारहरूलाई जोड्ने दलाल सञ्जाल फोड्न लागिपरेको छ । खरिद निर्णय, नियामक कार्यान्वयन, र विकास प्राथमिकतामा बाँचेको भाइरस हटाउन लागिपरेको छ । बजेट र विकास जनताको हातमुखसम्म पुग्ने र राज्यलाई लोककल्याणकारी बनाउनै पर्छ भनेर व्यवस्था मिलाउँदैछ । यसकारण भ्रष्ट र स्वार्थी तत्वहरु निकै आक्रोसित छन् । सबैभन्दा भयानक आक्रोश २०९२ सम्म को को प्रधानन्यायाधीश बन्ने भन्ने सेटिङ् भत्केपछि र नदी किनारका हुकुमवासीको उठिबास भएपछि सडकमा देखिन थालेको छ । दशैं अघि नै खास सुकुमवासीलाई लालपूर्जा बाँड्ने र त्यतिञ्जेल खाना खर्च दिने निर्णय सरकारले गरिसकेको छ । बहुदलको ३७ वर्ष र लोकतन्त्रको १८ वर्ष जुका बनेर राज्यकोष र जनता चुसेकाहरु राज्यले केही गरेन भनेर बिरोध गर्दै आत्मरती गरिरहेका छन् । आत्मरती गर्नेहरुले नयाँ सरकारले पाउनै पर्ने हनिमून समय सय दिन पनि दिएनन् । हरेक दिन सडक, संसद, सञ्चार माध्यमबाट सरकार ढाल्न राजीनामा दे भनेर उग्र नारा लगाइरहेका छन् ।
इतिहासमै पहिलोपल्ट संसदमा प्लेकार्ड प्रदर्शन गरेका छन् । तिनले नै बनाएको कानुनअनुसार चल्दा पनि प्रधानमन्त्री खोई भनेर प्रश्न गरिरहेका छन् । जबकि प्रधानमन्त्री काम गर्न आएको, मलाई काम गर्न देउ भनिरहेका छन् । प्रधानमन्त्रीले अबको डेढ महिनामा केही ठोस काम गरेपछि संसदबाट आफ्नो अभिव्यक्ति दिने मनस्थिति बनाइरहेको सूचना रास्वपाले नै सार्वजनिक गरेको छ ।
राजनीति र प्रशासनमा सरकारले आँधी ल्याएको छ । यो आँधीको प्रभावका कारणले तलवजीवीहरु सेवा दिनैपर्ने बाध्यतामा पुगेका छन् । अनावश्यक खर्च कटौती हुँदैछन् । १५ गते सवल बजेट आउने विश्वास गरिएको छ । कतैबाट पनि प्रजातन्त्रमा आँच नआउने र निरंकूशता नअपनाउने प्रष्टता सत्तारुढ दलले प्रष्ट पारिसकेको छ । राजनीतिक अर्थशास्त्री र विश्लेषकहरु भन्छन्– नागरिकको अपेक्षा र राज्यको वितरणवीचको खाडल पुरिनेछ । यो सरकारले छलाङ मार्न थालिसकेको छ । दलालतन्त्रको मृत्यु देखिन थालिसकेको छ ।
सत्ताको करिडरमा बसेर जो मण्डी ओढेर घ्यू खाइरहेका थिए, तिनीहरु बान्ता गर्न थालिसकेका छन् । राइट म्यान राइट प्लेस, जनताप्रति जवाफदेहीता, क्षमता र दक्षताको कदर, अवसरको सिर्जना, समानता र न्यायको अनुभूति हुन थालेका छन् । पुँजीको सही उपयोग, उद्यमशीलतालाई प्रोत्साहन, उत्पादनशीलताको अभिवृद्धि, वैदेशिक लगानीलाई आकर्षण र सवल परराष्ट्रनीतिले आन्तरिक र बाह्य जगतमा नेपालको घट्दो इज्जत बिनष्ट हुनेक्रम छ । पहिलोपल्ट प्रधानमन्त्रीले आन्तरिक व्यवस्थापन नगरी विदेश भ्रमण नगर्ने, विशिष्टले उपचारका नाममा राजस्व लुट्ने, अनावश्यक सेवा सुविधाको कटौती गर्ने र पार्टीका कार्यकर्ता पाल्ने परिपाटीको क्रमसः अन्त्य गर्ने आँट देखाएको छ । अर्थात जनताले खोजेको सेवा प्राप्ति र अपेक्षाको परिपूर्तिको परिवर्तन देखिन थालेका छन् ।
जोखिम अत्यधिक छ, तर सरकार जोखिमसँग जुधिरहेको छ ।
प्रजातन्त्र बेलायतबाट पोषित छ । बेलायतमा संविधान छैन तर नैतिकताबाट त्यो पद्धति चलिरहेको छ । नयाँ सरकारले त्यही परिपाटी अंगीकार गर्न आकर्षित भइरहेको छ । त्यो पद्धति बस्यो भने नैतिकता र जवाफदेहीताको अपूर्व परिदृश्य देख्न पाइनेछ । नेपालजस्ता मुलुकले राजनीतिक, आर्थिक, कूटनीतिक, सामाजिक सबै क्षेत्रमा विकसित हुनका लागि यिनै गुण अत्यावश्यक छन् । यही अनुसार राष्ट्रिय नीति बनाउन सकियो भने जनताले खोजेको र रोजेको परिवर्तन सार्थक हुने पक्का छ ।
ब्राजिलदेखि हाइटीसम्म अनेकन भ्रष्टाचारका काण्ड देखिए । काण्डहरुको अनुसन्धान भयो र राजनीतिक, प्रशासनिक र व्यापारिक व्यक्तिहरुले जेलको हावा खानुप¥यो । विश्वका अनेक मुलुकमा भ्रष्टाचारका ठूला ठूला काण्ड भएका छन् र छानबिनपछि दण्डित पनि गरिएका छन् । नेपालमा त भ्रष्टाचारका प्रकरणहरु बिस्कुन हाल्न पुग्नेछन् । संसदमै कुरा उठेका छन्, ६ दर्जन भ्रष्टाचार काण्डको छानबिन होस् । कतिपय काण्ड त महालेखा परिक्षकको रिपोर्टमा छन् । अब टालटुल पारेर ती काण्डहरु लुक्नसक्ने छैनन् । ती काण्डहरुमाथि अनुसन्धान र दण्ड नदिएसम्म नेपालमाथि लागेको ग्रेलिस्टको दाग धुन सकिनेछैन । यसकारण त सरकारले ०४६ साल पछिका सत्ता र शक्तिमा बसेकाहरुको सम्पत्ति छानबिन गर्न थालेको छ । प्रधानमन्त्री स्वयम्ले आफूमाथिसमेत छानबिन गर्न भनेका छन् ।
भ्रष्टाचार पद्धति बनिसकेको छ, त्यसबाट मुक्ति जरुरी छ ।
हो, जोखिम छ । जोखिम मोलेरै यो सरकार गठन भएको छ । यो सरकारलाई अपार जनादेश छ । यो सरकारले गर्न नसक्ने केही पनि छैन । देशका लागि, जनताका लागि केही गर्न आएको सरकारले परिवर्तनकारी काम गर्नैपर्छ । यसैलाई भनिन्छ, सुवर्ण अवसर । यही अवसरको उपयोग गरेर भ्रष्टाचार र जनविरोधी जराहरु उखेल्नुपर्नेछ ।
सरकारको सुधार गर्ने गति तिब्र छ । यो तीब्रता रोकिनु हुन्न । हतार गर्दा चिप्लिने भय हुन्छ, त्यसतिर सुधार चाहनेहरुले सही सूचना, सुझाव दिनुपर्छ । जो मर्न डराउँदैन, उसले केही गर्छ । रास्वपा र सरकारको नेतृत्वमा जो छन्, उनीहरु देश र जनताका लागि मर्न डराउन्न भनिरहेका छन् । तिनले जनादेश पाएका छन्, जनताको साथ छ, यस्तो अवसर जोकोहीले पाउँदैनन् ।
कविले लेखेका पनि छन्–
एक युगमा एक दिन आउँछ । हो, नेपालको इतिहासमा वर्तमान कालखण्ड एक युगमा आएका एक दिन हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports