कांग्रेस एमालेबीच कै सहमतिले उपलब्धि भएको हो ?
वि.सं.२०८१ मंसिर २ आइतवार ०८:५६
shares

काठमाडौँ । पछिल्लो समयमा कांग्रेस र एमाले मिलेर सरकार सञ्चालन भएपछि केही राजनीतिक दल र केही सघोषित बुद्धिजीवीहरूले ठूला दल मिलेर सरकार बनाउनु गलत भएको बताउँदै आएका छन् । तर त्यस्ता दल र सघोषित बुद्धिजिविहरुले २०४६ सालको राजनीतिक परिवर्तन पछि विभिन्न समयमा कांग्रेस र एमाले मिलेर सरकार निर्माण गरेर ठूला ठूला उपलब्धि हाँसिल गरेको तथ्यलाई भुलेका छन् ।
कांग्रेस र एमाले बिचको गठबन्धन बन्दा मुलत दुईथरि तर्कहरु प्रस्तुत गरिएका छन् । एउटा कोणबाट समर्थन र अर्को थरिले विरोध गरेका छन । विरोध गर्नेहरुले दुई ठूला दलहरुको संयुक्त सरकार बन्दा प्रतिपक्ष कमजोर हुने मात्र होइन् सरकार सर्वसत्तावादको बाटोमा लाग्ने जोखिम हुने तर्क गरेका थिए भने गठबन्धन पक्षधरहरुले संसदको तेस्रो ठूला दल (माओवादी केन्द्रको) दाउपेच प्रयोग भइरहनु भन्दा गणितिय खेललाई बन्द गरिनु नै उचित हुने र बलियो सरकार बन्दा मुलुक सहिबाटोमा हिँड्छ भन्ने विगतका उदाहरणहरुले नै देखाइसकेको छ ।
नेपाली कांग्रेस र नेकपा एमाले ठूला र पुराना दलहरु हुन् यी दुई दल मुख्य प्रतिद्धन्दी हुँदा पनि विशेष परिथ्तितिमा यी दुई दलहरु बिच सहकार्य भएको छ । मुलतः दुई वटा मोर्चा सडक र सत्तामा यी दुई दलहरु बिचमा सहकार्य समेत भएका उदाहरण रहेका छन् । २०४६ सालको आन्दोलन र माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने र २०६२÷०६३ को आन्दोलनमा पनि कांग्रेस र एमाले बिचमा सहमति भएको थियो ।
नेपाली कांग्रेसको नेृत्वमा कम्युनिष्टहरुले नेपालको लोकतान्त्रिक प्रर्णालीलाई स्थापित गर्ने अभियानमा सहकार्य गरेका थिए । त्यसबेला कतिपय उपलब्धिहरु समेत भएका थिए । २०४६ सालको राजनीतिक परिवर्तन पछि कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारमा कांग्रेस, एमाले सहभागि भएका थिए । त्यो सरकारले संविधान निर्माण र आम चुनाव समेत गराएको थियो ।
२०६३ पछि बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा पनि एमाले सहमागि भएको थियो । त्यसपछि माधव नेपालको नेतृत्वको सरकारमा कांग्रेस सहभागि भएको थियो । संविधान निर्माण र घोषणाको बेला सुसिल कोइराला नेतृत्वको सरकारमा समेत एमाले सहभागि भएको थियो । यी सबै कालखण्डमा कांग्रेस एमाले मिलेर महत्वपूर्ण उपलब्धि हाँसिल गरेका थिए ।
अहिले पनि मुलुक विशिष्ट र राजनीतिक अवस्थामा रहेकोले गर्दा कांग्रेस एमाले बिचमा सहकार्य रहेको छ । परिर्वतनकारी राजनीतिक शक्तिहरु अहिले राजनीतिक, आर्थिक, नैतिक सबै हिसाबले विचलन र पत्नोमुखिरहेकाले गर्दा बाध्य भएर कांग्रेस एमाले बिचमा सहकार्य भएको हो । मुलुक कुसासनमा फसेको र आर्थिक अवस्थामा समेत कमजोर हुँदै गएको बेला दुई ठूला दलहरुले सहकार्य गरेर अघि बढ्नु जनता र मुलुककै हितमा रहने प्रष्ट हुँदै गएको छ ।





































