नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

डा. बाबुराम भट्टराईको तीन वटा टाउको मिलेर देशलाई पालैपालो खाइरहेको टिप्पणी

728
shares

काठमाडौं । नेपाल समाजवादी पार्टी ( नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले तीनवटा टाउको मिलेर देशलाई पालैपालो खाइरहेको टिप्पणी गरेका छन् ।

आइतबारबाट सुरु भएको पार्टीको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो टिप्पणी गरेका हुन् ।‘हामीले पुराना शक्तिले भएन, कांग्रेसले गरेन, यसले गरेन भनिरहेका छौं । तीनवटा टाउका छन्, उनीहरूले पालैपालो खाइरहेका छन्,’ भट्टराईले भने ।सत्तामा रहुन्जेल धेरै काम गरेको भन्ने र बाहिर निस्किएपछि हरेक कुरा भएन भनेर गुनासो गर्ने प्रवृत्ति उनीहरूमा रहेको उनले जिकिर गरे ।

‘फेरि सत्तामा छउन्जेल उत्पात गरेका छौं भन्छन् अनि बाहिर निस्किएर यो पनि भएन त्यो पनि भएन भन्छौं । पटक पटक यी तीनवटा टाउकाले देशलाई हैरान पारिरहेका छन्,’ भट्टराईले भने ।साथै, उनले देशका समस्याहरू समाधानका लागि पहिचान गरेर अघि बढ्नुपर्ने बताए । ‘हामीले समस्याको समाधान के ? समाधान पहिचान गर्नुपर्‍यो भनेर वास्तविक चर्चा गरेका छौं । थुप्रै समस्या छन् नेपालमा ? नेपाल किन विकास भएन भन्ने विषयमा प्रश्न गर्दै राजनीतिमा लागेको कारणले अल्पविकास, बेरोजगारी, परनिर्भरता र आर्थिक समस्या नै नेपाली समाजको समस्या हो,’ भट्टराईले भने ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports