सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दाहालका अभिव्यक्ति संकट कि अवसर

520
shares

 

काठमाडौ । निकै लामो समयदेखि नेपालको समयसामयिक राजनीति उथल पुथल र अस्थिरताले घेरिँदै आएको छ । यसैको सेरोफेरोमा माओवादी केन्द्रका अध्यक्ष एंव पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालबाट यस्तै प्रकारका अभिव्यक्ति कडा रुपमा व्यक्त भइरहेका छन् । दाहालका त्यस्ता अभिव्यक्तिले राजनीतिक परिदृष्यमा भन्दा गाली गलौजमा परिणत हुँदै गएको टिप्पणी समेत हुने गरेको छ । त्यस्ता अभिव्यक्तिले नेपालको भावी राजनीतिमा कस्तो प्रभाव पर्छ भन्ने चर्चा परिचर्चा समेत हुन थालेको छ ।
पछिल्लो समयमा दाहाल एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलकिो आलोचना गर्नमै व्यस्त रहेका छन् । यसै क्रममा दाहालले प्रधानमन्त्री ओलीलाई अनेक राजनीतिक एवं व्यक्ति केन्द्रित आरोप समेत लगाउँदै आएका छन् । दाहालको उथल पुथल पूर्ण राजनीतिक यात्रालाई हेर्दा आगामी आरोपको अहिलेको श्रृखला अझ बढ्दै जाने देखिन्छ ।
यो श्रृखला विगतमा जस्तो ढाडमा टेकेर टाउकोमा हान्ने र अन्तरविरोधलाई सक्दो उपयोग गर्दै सत्ता केन्द्रित दाहाल कुटनीतिबाट अभिप्रेरित होइन÷छैन भन्ने आधार भने भेटिँदैन । तर दाहालका अभिव्यक्ति वर्तमान सत्ता गठबन्धनभित्र आशंका उत्पन्न गराउँदै सत्ता गठबन्धनभित्र द्वन्द्व निम्त्याउने अस्त्र भने पक्कै बन्ने देखिन्छ । यस्तो अवस्थामा नेपालको लोकतान्त्रिक प्रक्रिया र सम्बृद्धिको लागि सोचेभन्दा घातक सावित हुन सक्ने सम्भावना देखिएको छ ।
दाहालका अभिव्यीक्त सरकारमाथि नभएर प्रधानमन्त्री ओलीमाथि मात्र केन्द्रित रहेका छन् । सत्ता गठबन्धनमा रहेको प्रमुख घटक नेपाली कांग्रेसमाथि दाहालले कडा अभिव्यक्ति दिएका छैनन् । दाहालका आलोचनात्मक चेतले कतिपय एजेण्डामा ओली सरकारको कार्यशैलीलाई चुनौती दिएको देखिएजस्तो भएपनि दाहाल र ओलीबीचको तिक्तता भनेको दाहाल नेतृत्वको सत्ता गुम्नु नै प्रमुख कारण रहेको छ ।
दाहालले राष्ट्रिय हितलाई हेरेर अघि बढ्नुको बदला एक व्यक्तिका विरुद्ध विष वमन गर्नु भनेको समग्र सरकारकै विरोध गर्नु नै हो । सत्ता गठबन्धनमा रहेको प्रमुख घटक नेपाली कांग्रेसप्रति दाहाल नरम रहनु भनेको सत्ता गठबन्धनभित्र द्वन्द्व बढाएर आफ्नो स्वार्थ पूरा गर्न खोज्नुले राष्ट्रको हित र मुलुकमा सुशासन कायम हुन सक्दैन ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports