तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्षहरूले सरकारलाई भने, सामाजिक सञ्जाल विधेयक फिर्ता लेउ

663
shares

राष्ट्रियसभामा दर्ता भएको सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक फिर्ता लिन पत्रकार महासङ्घका पूर्वअध्यक्षहरूले आग्रह गरेका छन्।

मानवअधिकार तथा शान्ति समाजद्वारा मौलिक हक अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि आयोेजित नागरिक संवाद कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्षहरूले विधेयक तत्काल फिर्ता लिनुपर्नेमा जोड दिएका हुन्।महासङ्घका पूर्वअध्यक्ष हरिहर विरहीले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने विधेयक तत्काल फिर्ता लिनुपर्ने बताए। विधेयक पारित गर्दा सांसद र समितिको भूमिका के–कस्तो हुन्छ भन्ने प्रष्ट नहुने गरेकाले पनि सही कानुन बन्न नसकेको उनको भनाइ थियो।

महासङ्घका अर्का पूर्वअध्यक्ष किशोर नेपालले यस्तो विधेयकले कसैको हित नगर्ने भएकाले सामाजिक सञ्जाल विधेयक छिटो फिर्ता लिन माग गरे। महासङ्घका पूर्वअध्यक्ष तारानाथ दाहालले नियन्त्रित लोकतन्त्रका लागि यो विधेयक आएकाले संविधानको भावनाअनुसार लोकतान्त्रिक मूल्य, मान्यताको सुदृढीकरणका लागि विधेयक फिर्ता लिनुपर्ने बताए। सामाजिक सञ्जाल विधेयक सरोकार भएका निकाय र नागरिकबीच बहस नगरी लुकाएर ल्याएकाले समस्या आएको उनको भनाइ थियो।महासङ्घका महासचिव रामप्रसाद दाहालले माघ अन्तिम साता बसेको पत्रकार महासङ्घको बैठकले सामाजिक सञ्जाल विधेयक फिर्ता नलिए आन्दोलनमा उत्रने निर्णय गरेकाले छिटो फिर्ता लिन ध्यानाकर्षण गराए। सामाजिक सञ्जाल विधेयक फिर्ता नलिए अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि पत्रकारहरू शान्तिपूर्ण आन्दोलनमा उत्रन बाध्य हुने उनले सुनाए।

नेपाल चिकित्सक सङ्का पूर्वअध्यक्ष डा केदारनरसिंह केसीले सामाजिक सञ्जालको नियमनका नाममा विधेयकले अभिव्यक्ति स्वतन्त्रताको नियन्त्रण गर्न लागिएकाले विधेयक फिर्ता लिनु नै लोकतन्त्रको हितमा हुने बताए। विधेयक आफैँमा द्विविधामा रहेको उनले सुनाए।डिजिटल राइटका सन्तोष सिग्देलले सामाजिक सञ्जाल विधेयकले प्रयोगकर्ताको अधिकारका बारेमा उल्लेख नगरी दोहोरो अर्थ लाग्ने किसिमका शब्दको प्रयोग भएको बताए। विधेयकले सार्वजनिक पदमा बसेकाको आलोचना गर्न पाइन्छ वा पाइँदैन भन्ने प्रष्ट नगरेको उनले सुनाए।समाजका पूर्वसभापति होमकान्त चौलागाईँले विधि निर्माणमा सरोकार भएका निकाय र नागरिकलाई सहभागी नगराउँदाको समस्याका रूपमा यो विधेयक रहेको बताए। संविधानको प्राणका रूपमा रहेको अभिव्यक्ति स्वतन्त्रतालाई खुम्च्याउने गरी विधेयक आएको भनाइ उनले राखे।

कार्यक्रममा समाजका सभापति रेणुका पौडेल, पूर्वसभापतिद्वय रामकृष्ण बराल र डा गङ्गाधर अधिकारी, केन्द्रीय सदस्य उमा गौतम, काठमाडौँ कार्यसमितिका सदस्य रोजिना विष्टलगायतले सामाजिक सञ्जाल विधेयक नागरिक स्वतन्त्रताविरूद्ध रहेकाले छिटोभन्दा छिटो फिर्ता लिनुपर्नेमा जोड दिनुएका थिए।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports