सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्री ओली आज सुर्खेत जाने, यस्तो छ दिनभरीको कार्यक्रम

637
shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज सुर्खेत  जादै छन्। मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा आउन लागेका उनले कर्णाली प्रदेश सभालाई विशेष सम्बोधन गर्ने छन्।

सम्बोधनका लागि मुख्यमन्त्री यामलाल कँडेलले यसअघि काठमाडौँ गएर पत्र हस्तान्तरण गरेका थिए । बताइए अनुसार बिहान ११ बजे सुर्खेत पुग्ने कार्यतालिका रहेको छ। लगत्तै उनी विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुने छन्।प्रदेश सभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीका अनुसार दिउँसो २ बजे बस्ने छ । मुख्यमन्त्री यामलाल कँडेलले प्रधानमन्त्रीलाई स्वागत गर्ने छन् भने लगतै विशेष सम्बोधन गर्ने छन्।

सामाजिक विकासमन्त्री घनश्याम भण्डारीका अनुसार त्यस पश्चात् प्रधानमन्त्री ओलीलाई वीरेन्द्रनगर स्थित प्रादेशिक रंगशालाको अनुगमनमा लिइने छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports