रुसले भन्यो : युक्रेनसँग अस्थायी युद्धविराम स्विकार गर्दैनौ
वि.सं.२०८१ फागुन २३ शुक्रवार ०८:५२
shares

ब्रसेल्समा जारी युरोपेली संघका नेताहरूको सम्मेलनका बीच रुसले युक्रेनसँगको अस्थायी युद्धविराम स्वीकार नगर्ने बताएको छ।
रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले भनेकी छन्, ‘कुनै पनि समाधानका लागि दृढ सम्झौता आवश्यक छ, यसबिना कुनै पनि प्रकारका राहत हामीलाई स्वीकार छैन।’यसअघि रुसी विदेशमन्त्री सर्गेई लाभरोभले युरोपेली संघका देशहरूका सेना युक्रेन पुगेमा यसलाई रुसविरुद्धको प्रत्यक्ष युद्ध मानिने बताएका थिए।
रुसी समाचार एजेन्सी तासका अनुसार लाभरोभले रुसमा ईयू शान्ति सेनाको उपस्थितिलाई नेटोको उपस्थितिका रूपमा हेरिने बताएका छन्।फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंको विश्वयुद्धको धम्कीलाई रुसविरुद्धको चेतावनी मानिने उनको भनाइ छ।






































