काठमाडौंको साँखुमा जस्ताको टहरामा टिपर छिरेर ३ जनाको लियो ज्यान
वि.सं.२०८१ फागुन २३ शुक्रवार ०८:५४
shares

काठमाडौं । काठमाडौंको साँखुमा टिपरले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ ।
द्वन्द्वपीडित तथा अपांग समाज संस्थाले बनाएको जस्ताको टहरामा सुतिरहेको अवस्थामा टिपरले ठक्कर दिँदा आकाश, सुमन र ४५ वर्षका हरिजनको मृत्यु भएको प्रहरीले जनाएको छ ।शंखरापुर नगरपालिका ६ साँखु सलम्बुटारस्थित साँखु ब्रह्मखेल सडक खण्डमा बा २ क ६५८० नम्बरको टिपर अनियन्त्रित भई सडक छेउको टहरोमा ठोक्किएको हो ।
टिपरले ठक्कर दिएको कोठामा १० जना सुतिरहेका थिए । त्यहाँ ६१ जना बस्ने गरेका छन् ।






































