सात वटै प्रदेशसभाका सभामुखहरू प्रधानमन्त्री भेट्न बालुवाटार पुगे
वि.सं.२०८१ फागुन २८ बुधवार १२:१८
shares

काठमाडौँ । सातवटै प्रदेशसभाका सभामुखहरू प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका छन् ।
सरकार र संसद्को कामकारबाहीबारे छलफल गर्न प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसहित सातै प्रदेशका सभामुखहरू बालुवाटार पुगेर प्रधानमन्त्रीलाई भेटेका हुन् ।‘प्रतिनिधिसभाका सभामुखसहित सात वटै प्रदेश सभाका सभामुखहरू बालुवाटार आएर छलफल गर्नुभएको छ’, प्रधानमन्त्रीको सचिवालयले भन्यो– ‘संसद र सरकारका कामकारबाहीबारे छलफल भएको छ ।’



































