सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पुष्पकमल दाहाललाई राप्रपाको चेतावनी, अत्तालिएर पूर्वराजालाई विना प्रमाण दोष नलगाउ

1.17K
shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अत्तालिएर, सन्तुलन गुमाएर पूर्वराजा ज्ञानेन्द्र शाहमाथि तुच्छ, अमर्यादित, विनाप्रमाणको लाञ्छना लगाएको निष्कर्ष निकालेको छ ।

राप्रपाका महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक डा. धवलशमशेर राणाको अध्यक्षतामा बसेको बैठकले विनाप्रमाणको आरोप लगाए राप्रपा मुकदर्शक भएर नबस्ने निष्कर्ष निकालेको प्रवक्ता सगुनसुन्दर लावतीले बताए ।उनका अनुसार पूर्वराजाप्रति प्रचण्डले लगाएको लाञ्छनाको बैठकले भर्त्सना गरेको छ ।

उनले भने, ‘नेपाली जनता परिवर्तनको पक्षमा देखिएपछि अत्तालिएर पुष्पकमल दाहालले सन्तुलन गुमाएको आमनेपाली जनताले राम्ररी बुझेका छन् । परिवर्तन देश र समयको आवश्यकता हो, परिवर्तन निश्चित छ ।’ हिजो मेलम्ची पुगेर प्रचण्डले पूर्वराजामाथि भाइमारा, मूर्ति चोर र सुन तस्कर भएको आरोप लगाएका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports