सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नागार्जुनमा भीषण आगलागी, उपत्यका भित्रका सबै दमकल परिचालन

598
shares

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका-७ गाैतम गाउँकाे एक घरमा भीषण आगलागी भएकाे छ ।

स्थानीय कृष्णहरि श्रेष्ठको भुइँतले कच्ची घरमा राति ९ बजे लागेको आगाे नियन्त्रण गर्न काठमाडौं र ललितपुर महानगरपालिका तथा सशस्त्र प्रहरीकाे दमकल झिकाइएकाे छ ।बाटाे साँघुराे भएका कारण ठूलाे दमकल प्रवेश गर्न नसकेपछि ललितपुर महानगरका दुइटा दमकलले आगाे निभाउन प्रयाेग गरिएकाे छ । ठूलाे दमकल नछिर्दा पानी ट्यांकर पनि प्रयोग गरिएको छ ।

आगलागीबाट मानवीय क्षति नभए पनि अन्न लगायत मालसामान जलेर नष्ट भएकाे छ । आगलागी नियन्त्रणमा लिने प्रयास जारी छ ।आगलागीकाे कारण खुल्न सकेको छैन ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports