रवि लामिछाने आज बिहान ११ बजे पाटन उच्च अदालत जाने
वि.सं.२०८१ चैत ८ शुक्रवार १०:१४
shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने आज बिहान ११ बजे पाटन उच्च अदालत जाने भएका छन् ।
स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा माघ ३ गते काठमाडौँ जिल्ला अदालतले गरेको आदेशविरुद्ध पुनरावेदन निवेदन दर्ता गर्न लामिछाने आज पाटन उच्च अदालत जाने भएका हुन् ।लामिछानेले कालीमाटीको स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा आएको रकमबारे भएको सुनुवाइमा आफ्नो सहमति नभएको बयान दिएका छन् ।





































