सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रमुख तीन दलका शीर्ष नेता बिच टीआरसी टुंग्याउने विषयमा दुई आयोग गठन गर्ने सहमति

611
shares

काठमाडौँ । प्रमुख तीन दलका शीर्ष नेताबिच संक्रमणकालीन न्याय (टीआरसी) टुंग्याउने विषयमा दुई आयोग गठन गर्ने सहमति भएको छ । सोमबार सिंहदरबारमा भएको शीर्ष नेताहरूको छलफलमा यस्तो सहमती भएको हो ।

प्रधानमन्त्रीका विज्ञ सल्लाहकारसमेत रहेका एमाले नेता अग्नि खरेलले आयाेग गठनका लागि सर्च कमिटी बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमति जनाएको जानकारी दिए ।‘आयोग गठन गर्ने सहमति भएको छ । अध्यक्ष तथा सदस्यहरु सिफारिस गर्न सर्च कमिटी गठनको प्रक्रिया सरकारले अघि बढाउँछ’, सल्लाहकार खरेलले भने, ‘अब बाँकी प्रक्रिया अघि बढ्छ ।’ सहमतिअनुसार बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग आयोग गठन प्रक्रिया सुरु हुने उनको भनाइ छ ।

छलफलमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित गृहमन्त्री रमेश लेखक, माओवादी नेता शक्ति बस्नेत, खिमलाल देवकोटा र प्रधानमन्त्रीका विज्ञ सल्लाहकार खरेल पनि सहभागी थिए । यसअघि सर्वोच्च अदालतका प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा गठित सर्च कमिटीले आयोग गठनका लागि सदस्यहरु सिफारिस गर्न सकेको थिएन । मिश्र नेतृत्वको समितिले पदाधिकारी छनोट गर्न नसकेपछि सुरुबाटै प्रक्रिया थाल्न लागिएको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports