सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रचण्ड र राष्ट्रपति पौडेल बीच शिष्टाचार भेटघाट

598
shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल भेट्न प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार अपराह्न शीतलनिवास पुगे ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्ड राष्ट्रपति पौडेल भेट्न दौरा सुरुवाल लगाएर शीतलनिवास पुगेका थिए । लामो समयदेखि अवरुद्ध रहेको संक्रमणकालीन न्यायबारे छलफल गर्न प्रचण्ड पार्टीले चलाइरहेको जागरण अभियान स्थगित गरेर सोमबार काठमाडौं आएका हुन् ।संक्रमणकालीन न्यायको अवरुद्ध प्रक्रिया अघि बढाउने प्रयास स्वरूप प्रमुख दलका शीर्ष नेताहरूको बैठकमा भाग लिनुअघि प्रचण्डले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् ।

प्रचण्डका स्वकिय सचिव गोविन्द आचार्यले अनौपचारिक भेटघाट भएको जानकारी दिए । ‘यो अनौपचारिक र एकप्रकारको कर्टेसी (शिष्टाचार) भेटघाट हो,’ आचार्यले भने, ‘भेटमा समसामयिक विषयमा कुराकानी भयो ।’लामो समय भेट नभएकोले राष्ट्रपति र विपक्षी दलको नेताबीच भेटवार्ता भएको उनले बताए ।राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार उनीहरूबीच करिब २५ मिनेट छलफल भएको थियो ।‘केही औपचारिक छलफल होइन । प्रमुख प्रतिपक्षी दलका नेतासँग छलफल नभएको धेरै समय भएको थियो,’ पोखरेलले भने, ‘आजको भेटघाटमा अरू कुनै सिरियस कुराकानी भएन ।’

भेटमा प्रचण्डले आफू राजनीतिक कार्यक्रम सकेर काठमाडौं फर्किएको राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए । राष्ट्रपति पौडेलले माओवादी अभियानबारे चासो राख्दै खुसी व्यक्त गरेका थिए ।शीतल निवास स्रोतका अनुसार, पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले भेट्ने इच्छा राखेका थिए । उनकै इच्छा अनुसार राष्ट्रपति पौडेलले प्रचण्डलाई शीतल निवास बोलाएका हुन् ।राष्ट्रपतिलाई भेटेर प्रचण्ड प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग संक्रमणकालीन न्याय सम्बन्धी छलफल गर्न सिंहदरबार पुगेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports