प्रेस चौतारी नेपालको अध्यक्ष गणेश पाण्डे चयन
वि.सं.२०८१ चैत ११ सोमवार २१:२१
shares

विराटनगर। प्रेस चौतारी नेपालको अध्यक्ष गणेश पाण्डे चयन भएका छन् ।
विराटनगर जारी १० औं महाधिवेशनमा अध्यक्षकाे दाबेदार राजेश राईले दाबी छाडेपछि पाण्डे सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।राईले महाधिवेशनमा निर्वाचन माग गरेका थिए, तर नेतृत्वले निर्वाचन हुन दिएनन्, दाबी छाड्नुअघि उनले भावुक सम्बोधन गरेका थिए ।



































