विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आईपीएल : लखनउको दोस्रो जित , मुम्बईको तेस्रो हार

884
shares

इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउ सुपर जायन्टले दोस्रो जित दर्ता गरेको दिन मुम्बइ इन्डियन्सले भने तेस्रो हार व्यहोरेको छ।

शुक्रबार लखनउमा भएको खेलमा मुम्बइलाई १२ रनले हराउँदै लखनउले दोस्रो जित हात पारेको हो।लखनउले दिएको २ सय ४ रनको लक्ष्य पछ्याएको मुम्बइले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ९१ रन मात्र बनाउन सक्यो।सूर्य कुमार यादवले सर्वाधिक ६७ रनको योगदान दिएपनि टोलीको हार टार्न सकेनन्। उनले ४३ बलमा ९ चौका र १ छक्का प्रहार गरे।

नमन धिरले ४६ रन थपे। कप्तान हार्दिक पाण्ड्या २८ र तिलक वर्मा २५ रनमा पेभेलियन फर्के।त्यसअघि मुम्बइले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको लखउनले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २ सय ३ रनको योगफल तयार पारेको थियो।ओपनर मिचेल मार्स ६० रन बनाउँदा कट एण्ड बोल्ड हुन पुगे। अर्का ओपनर एडेन मक्रम ५३ रन बनाउँदा हार्दिक पाण्ड्याको बलमा क्याच आउट भए।हार्दिकले १२ रन बनाएका निकोलस पुरनलाई १२ रन बनाउँदा क्याच आउट गराए। आयुष बाडोनी २९ र डेविड मिलर २७ रन बनाउँदा पेभेलियन फर्के।

मुम्बइका हार्दिक पाण्ड्याले ५ विकेट लिएपनि टोलीको हार टार्न सकेनन्। उनले आफ्नो स्पेलमा ३६ रन खर्चे।जितसँगै २ खेलमा जित र २ खेलमा हार भोगेको लखनउ ४ अंकमा तालिकाको छैटौँ स्थानमा छ। समान खेलबाट १ खेलमा जित र ३ खेलमा हार भोगेको मुम्बइ २ अंकमा सातौँ स्थानमा छ।आइपीएलमा आज शनिबार दुई खेल हुँदैछन्। दिनको पहिलो खेलमा चेन्नइ सुपर किंग्स र देल्ली क्यापिटल्स भिड्नेछन्। सो खेल दिउँसो पौने ४ बजे सुरु हुनेछ।शनिबार कै दोस्रो खेलमा पञ्जाव किंग्स र राजस्थान रोयल्स खेल्नेछन्। यो भने राति पौने आठ बजे सुरु हुनेछ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports