विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राप्रपाले भृकुटीमण्डपमा आमसभा गर्न पाएन प्रशासनको अनुमति

780
shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चैत २६ गते काठमाडौंको भृकुटीमण्डपमा आमसभा गर्न मागेको अनुमति काठमाडौं जिल्ला प्रशासन कार्यालयले अस्वीकार गरेको छ।

प्रशासन कार्यालयका अनुसार राप्रपाले आमसभा गर्न अनुमति माग्दै पठाएको पत्र चैत २२ गते शुक्रबार अपराह्न ४.२१ बजे इमेलमार्फत प्राप्त भएको थियो। प्रशासन कार्यालयले आइतबार राप्रपालाई पत्रको जबाफ दिँदै चैत २६ गते भृकुटीमण्डपमा आमसभा गर्न उपयुक्त नभएकाले अनुमति नदिइएको बताएको हो।

भृकुटीमण्डपमा अन्य आन्दोलनका कार्यक्रमहरू (शिक्षकहरूको आन्दोलन, राष्ट्रिय जनमोर्चाका कार्यक्रम लगायत पूर्व निर्धारित कार्यक्रम) पनि भइरहेकाले सुरक्षा संवेदनशिलताका हिसाबले हाललाई भृकुटीमण्डपमा कार्यक्रम आयोजना गर्न उपयुक्त नहुने प्रशासन कार्यालयले उल्लेख गरेको छ। प्रशासन कार्यालयले जिल्ला सुरक्षा समितिको निर्णय समेतको आधारमा सिफल चौर वा बल्खु क्षेत्रमा राप्रपालाई आमसभा आयोजना गर्न अनुरोध गरेको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports