विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

चिनियाँ बस्तुमाथि ट्रम्पले लगाए १०४ प्रतिशत अतिरिक्त भन्सार शुल्क

754
shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ बस्तुमाथि थप अतिरिक्त भन्सार शुल्क लागू गरेपछि फेरि बजारमा गिरावट देखिएको छ । मंगलबार पहिलो प्रहरमा वित्तीय बजारमा भारी गिरावट आएकामा ह्वाइट हाउसले चीनमाथि थप ट्यारिफको पुष्टि गर्नासाथ फेरि बजार ओरालो लागेको हो ।

ह्वाइट हाउसले केही चिनियाँ बस्तुमाथि १०४ प्रतिशत ट्यारिफ लगाएको पुष्टि गरेको बीबीसीले जनाएको छ । यो ट्यारिफको पुष्टिअघि ट्रम्पले आफ्नो योजनाको उच्च प्रशंसा गरेका थिए ।उनले आफ्नो ‘विस्फोटक’ ट्यारिफको प्रशंसा गर्दै अमेरिकाको लागि यो नै उचित रहेको प्रतिक्रिया दिए । बेइजिङले प्रतिशोधात्मक भन्सार शुल्क फिर्ता लिन ट्रम्पले दिएको समय सीमा उल्लंघन गरेको आरोप वासिंटनले लगाएको छ ।

वुधबार रातीदेखि सर्बत्र लागू हुने ट्रम्पको आयातकर योजनाका कारण ६० मुलुक प्रभावित हुने बताइएको छ । केहीले अमेरिकी ट्यारिफको स्वागत गरेपनि अधिकांश मन्दीको त्रासले भयभित रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports