विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज पनि काठमाडौं वायु प्रदूषणको पहिलो स्थानमा

728
shares

काठमाडौं । वायु प्रदूषण मापनमा आज पनि काठमाडौँ उपत्यका विश्वकै पहिलो स्थानमा छ। विश्वभरको वायुको गुणस्तर मापन गर्दै आएको ‘एयर क्वालिटी इन्डेक्स’ले बुधबार बिहान सवा ६ गरेको मापनअनुसार काठमाडौँ उपत्यकाका वायु प्रदूषणमा विश्वकै पहिलो स्थानमा देखिएको हो।

यतिबेला वायु प्रदूषणको दृष्टिले भारतको राजधानी दिल्ली विश्वको दोस्रो स्थानमा छ भने युगान्डाको कम्पला तेस्रो स्थानमा छ। इन्डेक्सका अनुसार अहिले काठमाडौँको समग्र वायु गुणस्तर सूचकाङ्क एक्यूआई १८४ छ। प्रदूषण मापन सूचकांकअनुसार वायुको यो अवस्था अस्वस्थकर हो।प्रदूषणमा दोस्रो स्थानमा रहेको दिल्लीको एक्यूआई अहिले १८० छ। त्यसैगरि वायु प्रदूषणको दृष्टिले तेस्रो स्थानमा रहेको कम्पलाको एक्यूआई १५७ छ।चिकित्कसहरुले विगत केही दिनयता काठमाडौँको वायु मानव स्वास्थ्यको लागि हानिकारक तहमा पुगेको बताउँदै आएका छन्।

विगत लामो समयदेखि पानी नपर्दा काठमाडौँको आकाशमा थुप्रिएको धुलो र उपत्यका आसपासका जंगलमा लागेको डढेलोको धुँवाको कारण काठमाडौँ उपत्यकामा वायु प्रदूषणको मात्र उच्च भएको विज्ञहरुले बताएका छन्। विगत दुईतीन दिन यता काठमाडौँ उपत्यकाको वायु प्रदूषण केही कम भए पनि विश्वको सबैभन्दा प्रदूषित सहरको पहिलो स्थानमा भने अहिले पनि कायमै छ। केही दिनअघि काठमाडौँको एक्यूआई ३५२ सम्म पुगेको थियो।स्वास्थ्य मन्त्रालयले नेपालको वायु विश्वकै अत्यधिक अस्वस्थकर सूचीमा रहेको भन्दै सजगता अपनाउन नागरिकलाई आग्रह गरेको छ।चिकित्सकहरुले यस्तो अवस्थामा साँझ र बिहानको समयमा सकेसम्म घर बाहिर ननिस्कन सुझाव दिएका छन्।विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार मानव स्वास्थ्यको लागि एक्यूआई ३५ भन्दा कम हुनुपर्छ। तर ५० सम्मको एक्यूआईलाई सामान्य नै मानिन्छ। त्यसभन्दा माथिको गुणस्तर एक्यूआई मानव स्वास्थ्यको लागि अस्वस्थकर मानिन्छ।

५१ देखि एक सयसम्मको एक्यूआइलाई होसियार रहुँ अथवा पहेँलो सङ्केत दिइन्छ। एक सय एकदेखि एक सय ५० सम्मको एक्यूआईलाई श्वाशप्रश्वास र मुटु रोगीका बिरामीलाई असर गर्छ भन्ने बुझिन्छ भने एक सय ५१ देखि दुई सयसम्मको एक्यूआइलाई अस्वस्थकर मानिन्छ।दुई सय एकदेखि तीन सय सयसम्मको एक्यूआईलाई अति अस्वथ्य अवस्थाको वायू भनेर बुझिन्छ भने तीन सय एकदेखि चार सयसम्मलाई खतरनाक र चारसय एकदेखि चार सय ५० सम्मलाई अति खतरा मानिन्छ।काठमाडौँ उपत्यकाको लागि वायुगुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ मा एक्यूआईको मान तीन सयभन्दा बढी भएको अवस्थालाई विपद्को रुपमा लिने उल्लेख छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports