विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आईपीएल : कोलकत्ता माथी लखनउको रोमाञ्च जित

871
shares

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आइपिएल) मा मंगलबार भएको दिनको पहिलो खेलमा लखनउ सुपर जायन्ट्सले कोलकाता नाइट राइडर्सलाइ उसकै मैदानमा पराजित गरेको छ।

हाई स्कोरिङ खेलमा कोलकातामाथि लखनउले ४ रनको रोमाञ्चक जित निकाल्यो। यसअघि घरेलु मैदानमा कोलकाता रोयल च्यालेन्जर्स बैंगलोरसँग ७ विकेटले हारेको थियो।इडन गार्डेनमा भएको खेलमा पहिले ब्याटिङ गर्दै लखनउले कोलकातालाई जितका लागि २ सय ३९ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ३४ रन बनाएको थियो।

कोलकाताका लागि रिंकु सिंह १५ बलमा ३८ रन बनाएर अविजित रहँदा कप्तान आजिंक्य रहाणेले ३५ बलमा ६१ रन बनाएका थिए। त्यस्तै, वेंकटेस अय्यरले ४५ रन बनाउँदा क्विन्टन डिककले १५ रन बनाएका थिए।त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ३८ रनको उच्च स्कोर बनाएको थियो। उसका लागि मिचेल मार्सले ८१ रन बनाउँदा एइडन माक्रमले ४७ रन बनाए।

त्यस्तै, निकोलस पुरनले ३६ बलमा ७ चौका र ८ छक्काको सहयोगमा ८७ रनको विष्फोटक अविजित इनिङ्स खेले।जितपछि लखनउले ५ खेलबाट ३ जितसहित ६ अङ्क बनाएर चौंथो स्थानमा रहेको छ। त्यस्तै, पराजित कोलकाता ५ खेलबाट ४ अङ्कका साथ छैटौं स्थानमा छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports