आउँदो फागुन २१ गते हुने भनिएको संसदको निर्वाचन हुनेमा अझै आंशका रहेको छ...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कक्षा १२ को परीक्षा बहिष्कार गर्ने शिक्षकहरूको निर्णय

390
shares

काठमाडौं । नेपाल शिक्षक महासङ्घले कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने निर्णय गरेको छ । महासङ्घको सोमबार बसेको बैठकले कक्षा १२ को परीक्षामा सहभागी नहुने निर्णय गरेको अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जनाकारी गराएका हुन् ।

‘कक्षा १२ को परीक्षामा कोही पनि शिक्षक कर्मचारी सहभागी नहुने निर्णय गरेका सुवेदीले जनाकारी गराएका हुन् । कक्षा १२ को परीक्षा ११ वैशाखदेखि सुरु हुँदै छ । नयाँ शैक्षिक सत्र पनि सुरु भएको छ । सरकारले भर्ना अभियान घोषणा गरेको छ । तर महासङ्घले विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै महासङ्घको नेतृत्वमा २० चैतदेखि शिक्षकहरूले सडक आन्दोलन गरिरहेका छन् । महासङ्घले शैक्षिक हड्तालसमेत घोषणा गरेको छ । शिक्षकहरूले नयाँ वर्ष पनि सडमा विभिन्न आन्दोलनका कार्यक्रमहरू गरेर मनाएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports